अवसर: पश्चिमाञ्चल अस्पताल पोखरामा, स्वास्थ्य कर्मचारीको माग
जीविको
२०७९ पुष २१ गते ११:४५
पश्चिम क्षेत्रीय अस्पताल रामघाट पोखराले विभिन्न पदको लागि कर्मचारीको आवेदन माग गरेको छ । अस्पतालले रेडियोग्राफर र फार्मेसी साहयकको माग गरेको हो । आवेदन पुष २८ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने अस्पतालले बताएको छ ।
रेडियोग्राफी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि सम्बन्धित काउन्सीलमा दर्ता भएको र फार्मेसी साहयकको लागि फार्मेसी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि सम्बन्धित काउन्सीलमा दर्ता भएको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
आवेदन फारमसँगै आवेदकले पाँच सय रूपैयाँ दरखास्त तिरेको रसिद पेस गर्नुपर्ने अस्पातलले बताएको छ । कर्मचारी छनोट लिखित तथा अन्तर्वाताबाट गरिने अस्पतालले बताएको छ ।
हेर्नुहोस् सूचना
जीविको
२०७९ पुष २१ गते ११:४५
प्रतिक्रिया
सम्बन्धित