पर्वतीय प्रशिक्षण प्रतिष्ठानले खुलायो स्की लेभल तालिम, यसरी दिन सकिन्छ आवेदन  

जीविको २०७९ पुष ५ गते १२:३३

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले स्की लेभल १ र २ तालिमको लागि आवेदन माग गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजिए)ले संयुक्त रुपमा पुष र माघ महिनामा तालिम सञ्चालन गर्न लागेको हो । 

स्की लेभल १ को लागि २० जना र लेभल -२ को लागि ८ जना गरी जम्मा २८ जनाको लागि तालिम आयोजना गरिएको प्रतिष्ठानले बताएको छ ।  

आवेदन पुष १९ गतेसम्म दिन सकिन्छ । आवेदन फाराम www.nma.gov.np वा www.nnmga.org बाट डाउनलोड गरेर भर्न सकिन्छ भने आवेदन फाराम नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजिए)को कार्यालय गैरीधारा, काठमाडौंमा बुझाउनु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।    

दरखास्त फारामसँगै १ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तालिमका लागि छनोट भए पश्चात् तालिम अवधिभरका लागि दुर्घटना, मेडिकल र रेस्क्यू समेत कभर हुनेगरीको बीमा गरी सोको प्रतिलिपि अनिवार्य बुझाउनु पर्नेछ । स्की लेभल -१ को तालिम अवधि ७ दिनको हुनेछ भने स्की लेभल -२ को ११ दिनको हुनेछ । दुबै तालिमको फाराम शुल्क ५ सय र तालिम शुल्क ५ हजार लाग्नेछ । प्रशिक्षार्थीको छनोट अन्तर्वार्ताबाट हुनेछ । तालिम अवधिभर खाना, बास र यातायात खर्च प्रशिक्षार्थी स्वयंले ब्यहोर्नु पर्नेछ । स्की लेभल -२ तालिम विदेशमा सञ्चालन हुने भएमा प्रशिक्षार्थीहरूलाई हवाई टिकट मात्र उपलब्ध हुने प्रतिष्ठानले बताएको छ ।  

थप जानकारीका लागि  ०१-४००४००६,९८५१०५८०५०मा सम्पर्क गर्न सकिने छ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *