जनकपुरधाम उपमहानगरपालिकाले माग्यो १ सय ३३ कर्मचारी
जनकपुरधाम उपमहानगरपालिका जनकपुरधाम, धनुषाले विभिन्न १२ पदका लागि करार कर्मचारीको माग गरेको छ । उपमहानगरपालिकाले सिभिल इन्जिनियर छैटौँ तह, सब इन्जिनियर (मेकानिकल) पाँचौँ तह, सहायक कम्प्युटर अपरेटर चौथो, हेभी सवारी चालक ,हलुका सवारी चालक, बुमर अपरेटर ड्राइभर, फायर मैन सिपाही, नगर प्रहरी, चौकीदार, माली, कुचिकार र इलेक्ट्रिसियन गरी १ सय ३३ कर्मचारीको माग गरेको हो ।
आवेदन पुष १५ गतेसम्म दिन सकिन्छ । आवेदन फाराम www.janakpurmun.gov.np बाट डाउनलोड गरेर भर्न सकिने उपमहानगरपालिकाले बताएको छ ।
सिभिल इन्जिनियर छैटौँ तहको लागि इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको, सब इन्जिनियर (मेकानिकल) पाँचौँ तहको लागि इन्जिनियरिङ सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको, सहायक कम्प्युटर अपरेटरको लागि एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको तथा नेपाली र अङ्ग्रेजीमा दक्षतापूर्ण टाइप गर्नसक्ने, हेभी सवारी चालकको लागि हेभी चालक अनुमति पत्र प्राप्त गरी सामान्य लेखपढ गर्नसक्ने, हलुका सवारी चालकको लागि चालक अनुमति पत्र प्राप्त गरी सामान्य लेखपढ गर्नसक्ने, बुमर अपरेटर ड्राइभरको लागि हेभी चालक अनुमति पत्र प्राप्त गरी सामान्य लेखपढ गर्नसक्ने, फायर मैन सिपाहीको लागि कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, नगर प्रहरीको लागि कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, चौकीदारको लागि कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, मालीको लागि सम्बन्धित विषयमा काम गरेको र सामान्य लेखपढ गर्न सक्ने, कुचिकारको लागि सामान्य लेखपढ गर्नसक्ने र इलेक्ट्रिसियनको लागि सम्बन्धित विषयको तालिम लिई सामान्य लेखपढ गर्नसक्ने हुने पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना