अवसर : युनिसेफले माग्यो अनुवादक, यसरी दिन सकिन्छ आवेदन
युनिसेफ नेपालले नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, डोटेली, अछामी, तामाङ, नेवारी र अवधी भाषाको अनुवादकको लागि आवेदन माग गरेको छ । आवेदन मङ्सिर २३ गतेसम्म दिन सकिने छ । Begin application – unicef (pageuppeople.com) बाट अनलाइन आवेदन दिन सकिने युनिसेफको प्रकाशित सूचनामा उल्लेख छ । आमसञ्चार सामाजिक विज्ञान वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेकाहरूले आवेदन दिन सकिने युनिसेफले बताएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई अनुवाद सेवाहरू प्रदान गर्न तीन वर्ष भन्दा बढी व्यावहारिक व्यावसायिक अनुभव भएकाहरूले आवेदन दिन सक्नेछन् । अङ्ग्रेजीबाट नेपालीमा अनुवाद सेवा प्रदान गर्नसक्ने अनुवादकहरूका लागि अङ्ग्रेजी र नेपालीमा कौशल भएकाहरूले नेपालीमा आवेदन दिन सक्नेछन् ।
महिला, जनजाति अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने हुँदा उक्त समुदायका व्यक्तिलाई विशेष प्राथमिकता दिइने जारी सूचनामा उल्लेख छ । युनिसेफले अनुवादकहरूलाई साढे ११ महिनाका लागि अनुबन्धन गर्नेछ । अनुवादकले प्रति शब्द युनिसेफले तोकेबमोजिमको सेवा सुविधा प्राप्त गर्नेछन् ।
थप जानकारीका लागि सूचना : NOTICE