युवा नेतृत्व विकास र राजनीतिक सहभागिता सम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर
नेपाल लिडरसिप एकेडेमीले नयाँ गरौँ, सँगै गरौँ देशको लागि गरौँ हन्ने मुल नाराका साथ सञ्चालन गरिरहेको “Strengthening Political and Civic Youth Engagement for Democratic Change” कार्यक्रमको लागि आवेदन माग गरेको छ । एकेडेमीले युवाहरुको राजनीतिक र नागरिक सहभागितालाई बलियो बनाउने उद्देश्यले सातै प्रदेशमा तालिम तथा कार्यशाला सञ्चालन गर्न लागेको हो । आवेदन आउँदो मंसिर ८ गते सम्म दिन सकिनेछ । आवेदन फाराम https://tinyurl.com/NLAapplication बाट डाउनलोड गरेर भर्न सकिन्छ । कार्यक्रम मंसिर १२ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा विशेष गरी ३ दिने युवा सशक्तीकरण सीप (Youth Empowerment Skills-YES) कार्यशाला, नेतृत्व संवादहरु (Leadership Dialogues), युवा सशक्तीकरण सीप (Youth Empowerment Skills-YES) लगायतका बारेमा तालिम दिइने एकेडेमीले बताएको छ ।
आवेदन दिनका लागि कुनै पनि विषयमा स्नातक गर्दै गरेको वा पूरा गरेको, ३५ वर्ष ननाघेको, सामान्य कम्प्युटरको ज्ञान भएको, नेपाली र अंग्रेजीमा राम्रो लिखित र मौखिक दक्षता भएको, मेहनती, साहसी र सिर्जनशील, समय व्यवस्थापन गर्न सक्ने र कार्यक्रमका क्रियाकलापहरूमा पूर्ण सहभागी हुन सक्ने हुनु पर्नेछ भने राजनीति, नागरिक समाज र मिडियामा सक्रिय व्यक्तिलाई प्राथमिकता दिइने प्रकाशित सूचनामा उल्लेख गरिएकोछ ।
युवा सशक्तिकरण सीप (Youth Empowerment Skills-YES) परियोजना कार्यान्वयन गर्न पाँच व्यक्ति वा समूहलाई २ हजार अमेरिकी डलर (Seed Grant) अनुदान पनि प्रदान गर्ने आयोजकले जनाएको छ । काठमाडौँमा हुने २ दिने “International Summit” मा सहभागी हुने अवसर र युवा अभियन्ताहरूको राष्ट्रिय सञ्जालमा आबद्ध हुने अवसर यस कार्यक्रम मार्फत पाइने एकेडेमीले जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना:
*नेपाली
*English