अमेरिकी दूतावासमा इन्टर्नसिप गर्ने अवसर !

जीविको २०७९ साउन ३१ गते १७:२८

नेपालस्थित अमेरिकी दूतावासले विभिन्न ५ शीर्षकमा इन्टर्नसिपको लागि आवेदन माग गरेको छ । दूतावासले मानव संसाधन कार्यालय, कन्सुलर, सार्वजनिक मामिला विभाग, राजनीतिक अर्थशास्त्र, विपत् जोखिम न्यूनिकरण विभागमा इन्टर्नसिपका लागि आवेदन माग गरेको हो ।  उच्च माध्यमिक शिक्षा पूरा गरेका, कलेज/विश्वविद्यालय वा व्यापारिक, प्राविधिक तथा व्यावसायिक संस्थान वा अन्य मान्यता प्राप्त शैक्षिक संस्थामा भर्ना भएका न्यूनतम १८ वर्ष उमेर पुगेका विद्यार्थीहरूले आवेदन दिन पाउने दूतावासले जनाएको छ।

आवेदकमा हुनुपर्ने न्यूनतम योग्यता :

  • राम्रोसँग अङ्ग्रेजी लेख्न तथा बोल्न सक्ने
  •  माइक्रोसफ्ट वर्ड, पावर पोइन्ट साथै एक्सेलको ज्ञान भएको हुनुपर्ने
  • सामाजिक सञ्जाल, वेबसाइटहरू, इलेक्ट्रोनिक डाटाबेसहरू र सर्च इन्जिनहरू प्रयोग गर्ने क्षमता भएको
  • अमेरिकी इतिहास र राजनीति, मूल्यमान्यता, समाज, संस्कृति र शिक्षाको सामान्य ज्ञान भएको

आवेदन दिन चाहनेले Statement of Interest भर्नुपर्ने हुन्छ । यो सँगै शैक्षिक योग्यताको प्रमाणपत्र अध्ययन गरिरहेको शैक्षिक संस्थाको अनुमति पत्र Recruitktmintern@state.gov मा पठाउनुपर्ने हुन्छ । 

थप जानकारी आवश्यक भएमा:

वेबसाईट

इमेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *