अवसर: उद्यम गर्ने सोच छ तर सहयोग खोज्दै हुनुहुन्छ ?
के तपाईसँग उद्यमशीलताको माध्यमबाट समाजमा सकारात्मक प्रभाव ल्याउन सक्ने आइडिया छ र तपाईं आफ्नो आइडियालाई वास्तविक उद्यममा परिणत गर्नका लागि प्लेटफर्म खोज्दै हुनुहुन्छ?
यदि हो भने,नबिल एसएसई फेलोशिप कार्यक्रमको दोस्रो समूहको लागि आवेदन खुलेको छ । यसमा तपाईंले आवेदन दिन सक्नुहुन्छ ।
नबिल बैंकले सामाजिक मुद्दाहरू जस्तै; शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा तथा जलवायु परिवर्तन जस्ता विषयमा उद्यमशीलताको सम्भावना खोज्दै गरेका १८ देखि ५० वर्ष भित्रका त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वा यस विश्वविद्यालयबाट पास आउट भएकाहरूलाई उद्यमशीलताका बारेमा गतवर्षदेखि फेलोसिप कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
प्रशिक्षार्थीहरुले सामाजिक उद्यम संचालनको तरिकासंगै उद्यम संचालनका आधारभूत कुराहरु; उद्यम दर्ता, योजना तथा बजेट व्यवस्थापन, लगानीको जोहो, कानूनी पाटोहरु, लेखा तथा कर सम्बन्धी आवश्यक व्यवहारिक ज्ञान तथा सीप तालिममा पाउनेछन् ।
आगामी २० अगस्टसम्म आवेदन दिन सकिन्छ ।
बुझ्नुहोस्, नबिल एसएसई फेलोशिपका बारेमा : NABIL SSE
यहाँ गएर आवेदन दिनुहोस्: Application