जिरी प्राविधिक शिक्षालयमा ६ विषयमा निःशुल्क तालिम
जीविको
२०८३ भदौ २६ गते १५:२०
जिरी प्राविधिक शिक्षालयमा ६ विषयमा निःशुल्क तालिम
दोलखा — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको जिरी प्राविधिक शिक्षालय, जिरी–५, दोलखाले छ वटा सीपमूलक तथा रोजगारमूलक विषयमा निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ।
शिक्षालयले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन गर्न लागेको तालिममा कुल १२० जनालाई सहभागी गराइनेछ। प्रत्येक विषयमा २०–२० जनाको कोटा निर्धारण गरिएको छ।
तालिम ३९० घण्टा अर्थात् ६५ दिन सञ्चालन हुनेछ। इच्छुक व्यक्तिले २०८३ असोज २३ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने शिक्षालयले जनाएको छ।
कुन-कुन विषयमा तालिम सञ्चालन हुँदैछ?
शिक्षालयले निम्न छ विषयमा निःशुल्क तालिम सञ्चालन गर्नेछ:
| तालिमको विषय | अवधि | आवश्यक न्यूनतम योग्यता | संख्या |
| केयर गिभर | ३९० घण्टा अर्थात् ६५ दिन | न्यूनतम कक्षा ८ उत्तीर्ण | २० जना |
| बेमौसमी तरकारी खेती | ३९० घण्टा अर्थात् ६५ दिन | सामान्य लेखपढ गर्न सक्ने | २० जना |
| ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता | ३९० घण्टा अर्थात् ६५ दिन | न्यूनतम कक्षा ८ उत्तीर्ण | २० जना |
| जुनियर बिल्डिङ इलेक्ट्रिसियन | ३९० घण्टा अर्थात् ६५ दिन | न्यूनतम कक्षा ५ उत्तीर्ण | २० जना |
| प्लम्बिङ सहायक | ३९० घण्टा अर्थात् ६५ दिन | सामान्य लेखपढ गर्न सक्ने | २० जना |
| जनरल कुक | ३९० घण्टा अर्थात् ६५ दिन | न्यूनतम कक्षा ८ उत्तीर्ण | २० जना |
जीविको
२०८३ भदौ २६ गते १५:२०
प्रतिक्रिया
सम्बन्धित
