केयरगिभर तालिम र रोजगारीबारे निःशुल्क सेमिनार, भदौ ५ गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्राविधिक उपकरणका साथ काठमाडौँ टेक्निकल स्कुलमा केयरगिभर सीप सिक्दै प्रशिक्षार्थीहरू

जीविको २०८३ साउन २८ गते २३:४४

काठमाडौं। के तपाईं केयरगिभर तालिम सिक्न चाहनुहुन्छ? केयरगिभरका रूपमा देश भित्रै काम गर्न, केयर होम संचालन गरी उधमी बन्न वा इजरायल, जापान, युरोप वा अन्य देशमा रोजगारीका लागि जान चाहनुहुन्छ? नेपाल वा विदेशमा केयरगिभरको रोजगारीका अवसर, आवश्यक सीप र करिअरबारे जानकारी खोजिरहनुभएको छ?

काठमाडौंको सुकेधारास्थित काठमाडौं टेक्निकल स्कुलले आगामी भदौ ५ गते केयरगिभर तालिम तथा करिअरसम्बन्धी निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ।

सेमिनारमा केयरगिभर पेशा के हो, यस क्षेत्रमा काम गर्न कस्तो सीप चाहिन्छ, तालिम कसरी लिन सकिन्छ, नेपाल तथा विदेशमा रोजगारी खोज्दा के–कस्ता तयारी आवश्यक पर्छन् लगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ।

काठमाडौं टेक्निकल स्कुलले आयोजना गर्न लागेको सेमिनारले विशेषगरी केयरगिभर क्षेत्रमा प्रवेश गर्न चाहने तर कहाँबाट सुरु गर्ने भन्ने अन्योलमा रहेका व्यक्तिलाई जानकारी दिने उद्देश्य राखेको छ।

सेमिनार कहिले र कहाँ?

  • कार्यक्रम: केयरगिभरसम्बन्धी निःशुल्क सेमिनार
  • मिति: २०८३ भदौ ५ गते, दिनको २ देखी ४ बजेसम्म
  • स्थान: काठमाडौं टेक्निकल स्कुल, सुकेधारा, काठमाडौं
  • सहभागिता शुल्क: निःशुल्क
  • सहभागी हुन यो लिंकमा क्लिक गरेर गुगल फारम भर्नुहोस्

कसरी सहभागी हुने?

जीविको मिडियाको यस समाचारमा उपलब्ध गराइएको गुगल फाराम भरेर पनि सेमिनारका लागि दर्ता गर्न सकिनेछ।

त्यसैगरी,  सेमिनारमा सहभागी हुन इच्छुक व्यक्तिले आयोजकले उपलब्ध गराएको नम्बर +9779851360930 मा सम्पर्क वा ह्वाटस्याप [Whatsapp] गरेर आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्।

सहभागी हुन चाहनेले कार्यक्रमअघि नै आफ्नो नाम दर्ता गर्नु पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित