इन्स्योरेन्स कम्पनीमा ४२ जनाका लागि रोजगारी अवसर, अनलाइन आवेदन खुला

जीविको २०८३ असार ३१ गते १७:५८

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न सात पदमा गरी कुल ४२ जना कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ, सिभिल इन्जिनियरिङ, स्वास्थ्य, एक्चुरियल विश्लेषण, सूचना प्रविधि तथा ब्रान्डिङ क्षेत्रमा कर्मचारी नियुक्तिका लागि योग्य, गतिशील र नतिजामुखी नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

कम्पनीले काठमाडौं उपत्यकाभित्र र बाहिरका शाखा तथा अनामनगरस्थित प्रधान कार्यालयका लागि कर्मचारी माग गरेको छ। आवेदन दिने अन्तिम मिति २०२६ जुलाई २९ अर्थात् २०८३ साउन १३ गतेसम्म रहेको छ।

कुन पदमा कति कर्मचारी माग गरिएको छ?

१. जुनियर असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट–मार्केटिङ

यस पदमा सबैभन्दा धेरै ३० जना कर्मचारी माग गरिएको छ। छनोट भएका कर्मचारीले काठमाडौं उपत्यकाभित्र तथा बाहिर रहेका कम्पनीका शाखामा काम गर्नुपर्नेछ।

यस पदका लागि स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। बीमा, बैंकिङ, फास्ट मुभिङ कन्ज्युमर गुड्स अर्थात् एफएमसीजी वा बहुराष्ट्रिय कम्पनीमा काम गरेको अनुभव भएका उम्मेदवारले विशेष प्राथमिकता पाउनेछन्।

उम्मेदवारसँग दुईपाङ्ग्रे सवारीसाधन र वैध सवारी चालक अनुमतिपत्र अनिवार्य हुनुपर्नेछ।

२. जुनियर अफिसर–मार्केटिङ

जुनियर अफिसर–मार्केटिङ पदमा पाँच जना कर्मचारी माग गरिएको छ। यो पदका कर्मचारीले पनि उपत्यकाभित्र वा बाहिरका शाखामा काम गर्नुपर्नेछ।

स्नातक तह उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ। बीमा, बैंकिङ, एफएमसीजी वा बहुराष्ट्रिय कम्पनीमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ।

यस पदका उम्मेदवारसँग पनि दुईपाङ्ग्रे सवारीसाधन तथा वैध सवारी चालक अनुमतिपत्र हुनुपर्नेछ।

३. अफिसरदेखि डेपुटी म्यानेजर–सिभिल इन्जिनियरिङ क्लेम

सिभिल इन्जिनियरिङसम्बन्धी दाबी मूल्यांकनका लागि अफिसरदेखि डेपुटी म्यानेजर तहमा तीन जना कर्मचारी माग गरिएको छ। कार्यस्थल कम्पनीको अनामनगरस्थित प्रधान कार्यालय हुनेछ।

यस पदका लागि सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी सडक, पुल, भवन, जलविद्युत् तथा अन्य सिभिल पूर्वाधार आयोजनामा तीनदेखि पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

४. जुनियर अफिसरदेखि सिनियर अफिसर–मेडी हेल्थ क्लेम

स्वास्थ्य तथा चिकित्सा बीमा दाबीसम्बन्धी कामका लागि एक जना कर्मचारी माग गरिएको छ। कार्यस्थल अनामनगरस्थित प्रधान कार्यालय हुनेछ।

यस पदमा आवेदन दिन फार्मेसी, प्याथोलोजी, नर्सिङ, एमबीबीएस वा स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

अस्पताल, फार्मेसी वा सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव पनि आवश्यक छ।

५. सिनियर असिस्टेन्ट–एक्चुरियल एनालिस्ट

एक्चुरियल एनालिस्ट पदमा एक जना कर्मचारी माग गरिएको छ। कार्यस्थल कम्पनीको अनामनगरस्थित प्रधान कार्यालय हुनेछ।

यस पदमा एक्चुरियल साइन्स, गणित, तथ्यांकशास्त्र, अर्थशास्त्र, वित्त वा सम्बन्धित विषयमा स्नातक अध्ययन गरिरहेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

CS1, CM1, CS2, CB1 र CB2 विषयका परीक्षा वा पेपर पूरा गरेका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

६. जुनियर असिस्टेन्ट–सूचना प्रविधि

सूचना प्रविधितर्फ जुनियर असिस्टेन्ट पदमा एक जना कर्मचारी माग गरिएको छ। कार्यस्थल अनामनगरस्थित प्रधान कार्यालय हुनेछ।

सूचना प्रविधि, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक अध्ययन गरिरहेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

७. सिनियर असिस्टेन्टदेखि जुनियर अफिसर–ब्रान्डिङ

ब्रान्डिङतर्फ सिनियर असिस्टेन्टदेखि जुनियर अफिसर तहमा एक जना कर्मचारी माग गरिएको छ। कार्यस्थल अनामनगरस्थित प्रधान कार्यालय हुनेछ।

यस पदका लागि मार्केटिङ, बिजनेस एडमिनिस्ट्रेसन, आमसञ्चार, जनसम्पर्क वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उम्मेदवारसँग सामाजिक सञ्जाल व्यवस्थापक तथा कन्टेन्ट क्रिएटरका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

कसरी आवेदन दिने?

इच्छुक उम्मेदवारले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अनलाइन आवेदन पोर्टल siddharthapremier.rigojobs.com मार्फत आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा सम्बन्धित पद छनोट गरी पोर्टलमा उपलब्ध विस्तृत कार्यविवरण, आवश्यक योग्यता र अनुभव ध्यानपूर्वक अध्ययन गर्नुपर्छ। त्यसपछि व्यक्तिगत विवरण, शैक्षिक योग्यता तथा कार्यअनुभव भरी पोर्टलले मागेका आवश्यक कागजात अपलोड गरेर आवेदन पेस गर्न सकिनेछ।

आवेदन दिने अन्तिम मिति २०२६ जुलाई २९ अर्थात् साउन १३ गतेसम्म रहेको छ ।  हेको छ। कम्पनीका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *