नेपाल बाल संगठनमा २८ जनाका लागि रोजगारी खुल्यो
काठमाडौं। नेपाल बाल संगठनले करार सेवामा विभिन्न ८ पदका लागि २८ जना कर्मचारी माग गरेको छ। संगठनको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंले २०८३ असार ५ गते कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार प्रमुख कार्यकारी अधिकृत, शाखा अधिकृत, बालगृह प्रमुख, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर, कार्यालय सहायक, आमा/आया र कार्यालय सहयोगी पदमा कर्मचारी माग गरिएको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा नेपाल बाल संगठन, नक्साल, काठमाडौंमा दरखास्त दिनुपर्नेछ।
कुन पदमा कति माग ?
| पद | संख्या | उमेर हद | दरखास्त दस्तुर |
|---|---|---|---|
| प्रमुख कार्यकारी अधिकृत | १ | २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको | रु. २,५०० |
| शाखा अधिकृत — कानुन | १ | २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. १,००० |
| बालगृह प्रमुख — आवासीय | ५ | १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. ५०० |
| स्वास्थ्यकर्मी — नर्स/थेरापिस्ट | ३ | १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. ५०० |
| कम्प्युटर अपरेटर | १ | १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. ५०० |
| कार्यालय सहायक | ५ | १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. २०० |
| आमा/आया — आवासीय | १० | १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. १०० |
| कार्यालय सहयोगी | २ | १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | रु. १०० |
स्वास्थ्यकर्मीका लागि कस्तो योग्यता चाहिन्छ ?
स्वास्थ्यकर्मी — नर्स/थेरापिस्ट पदका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। यस पदमा ३ जनाका लागि आवेदन खुलाइएको छ।
अन्य पदको मुख्य योग्यता
प्रमुख कार्यकारी अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको वा स्नातक तह उत्तीर्ण गरी अधिकृत प्रथम, उपनिर्देशक वा सो सरहको पदमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ।
शाखा अधिकृत — कानुन पदका लागि कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बालगृह प्रमुखका लागि प्रमाणपत्र तह वा माध्यमिक तह (+२) उत्तीर्ण गरी कम्तीमा सहायक द्वितीय तहमा १ वर्षको अनुभव आवश्यक छ।
कम्प्युटर अपरेटर पदका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ। कार्यालय सहायकका लागि एसईई उत्तीर्ण, आमा/आयाका लागि सामान्य लेखपढ गर्न सक्ने र सम्बन्धित कामको अनुभव भएको तथा कार्यालय सहयोगीका लागि कम्तीमा ८ कक्षा अध्ययन गरेको हुनुपर्नेछ।
आवेदनसँग बुझाउनुपर्ने कागजात
आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र कार्यानुभवको पत्र दरखास्तसँगै पेश गर्नुपर्नेछ। दरखास्त दस्तुर नेपाल बाल संगठनको राष्ट्रिय वाणिज्य बैंक, नक्साल शाखामा रहेको खातामा जम्मा गरेको भौचर पनि पेश गर्नुपर्नेछ।
छनोट कसरी हुन्छ ?
प्रमुख कार्यकारी अधिकृत र शाखा अधिकृत पदमा कार्यपत्र मूल्यांकन तथा प्रस्तुतीकरणका आधारमा छनोट गरिनेछ। यी पदका लागि कार्यपत्र दरखास्तसँगै बुझाउनुपर्नेछ। बालगृह प्रमुख, स्वास्थ्यकर्मी, कार्यालय सहायक, आमा/आया र कार्यालय सहयोगी पदमा अन्तर्वार्ताबाट छनोट गरिनेछ। कम्प्युटर अपरेटर पदमा भने सीप परीक्षण र अन्तर्वार्ता दुवै हुनेछ।
थप जानकारीका लागि नेपाल बाल संगठनको केन्द्रीय कार्यालय नक्सालमा सम्पर्क गर्न सकिनेछ। सूचनामा ०१-४५११२०२, ४५१०८४४, ४५१९२९६ तथा इमेल [email protected] / [email protected] उल्लेख गरिएको छ।
हेर्नुहोस् सूचना

