अब कम्पनी दर्ता १ दिनमै, खारेज गर्नुपरे ५ दिन

जीविको २०८३ वैशाख २५ गते १२:०६

कम्पनी रजिष्ट्रारको कार्यालयले सेवा प्रवाहमा व्यापक सुधार गर्दै कम्पनी दर्ता र खारेजी प्रक्रियालाई छिटो-छरितो बनाएको छ। कार्यालयले अब समयसीमा नै तोकेर काम अघि बढाउँदै नयाँ कम्पनीको नाम स्वीकृति र दर्ता अनलाइन आवेदन दिएको १ कार्यदिन भित्र, दर्ता पछिका कार्यहरू १ देखि ३ कार्यदिन भित्र र कम्पनी खारेजी कागजात पुगेको ५ कार्यदिन भित्र हुने व्यवस्था गरेको छ।

२०८२ चैतदेखि दर्तादेखि खारेजीसम्मका सबै काम अनलाइनबाटै हुने र कार्यालय धाउनु नपर्ने ‘फेसलेस’ सेवा पद्धति अपनाइएको छ भने असम्बन्धित व्यक्तिको प्रवेशमा रोक लगाउँदै डिजिटल प्रणालीलाई जोड दिइएको छ।

हालसम्म नेपालमा ३ लाख ७१ हजार ९९८ कम्पनी दर्ता भएका छन् भने २ हजार ८३५ कम्पनीको खारेजी सम्पन्न भइसकेको छ। कार्यालयले अहिलेको सेवालाई अझ सरल बनाउन ‘कम्पनी निर्देशिका’ समेत संशोधन गर्ने प्रक्रिया अगाडि बढाएकाले यसबाट उद्योगी व्यवसायीलाई झन्झटमुक्त वातावरणमा व्यवसाय गर्न र बन्द गर्न सहज हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *