पाँच महिनाको लागि सुपरिवेक्षक र गणक पदमा जागिर खुल्यो
शिवसताक्षी नगरपालिका व्याङ्गडाँडा, झापाले ५ महिनाको लागि १३ जना करार कर्मचारी (२ जना सुपरीवेक्षक पदमा र ११ जना गणक) को माग गरेको छ । तथ्याङ्क शास्त्र वा जनसङ्ख्या अथवा अर्थशास्त्र वा गणित विषयमा कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेकाले सुपरीवेक्षणमा आवेदन दिन सक्ने छन भने सोही विषयमा कम्तिमा प्रविणता प्रमाण पत्र वा +२ वा सो सरह उत्तीर्ण गरेकाले गणकको लागि आवेदन दिन सक्ने छन । छनोटमा कम्प्युटर सम्बन्धी ज्ञान भएका लाई प्राथमिकता दिने भनिएको छ । १८ देखी ४० वर्ष सम्मका नेपाली नागरिकले यही मंसिर १६ गते मित्र दरखास्त दिन सकिने नगरपालिकाले जनाएको छ ।
दरखास्त सँगै पेश गर्नु पर्ने कागजात
- नेपाली नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।
- कम्प्युटर सम्बन्धी ज्ञान भए त्यसको प्रमाण पत्रको प्रतिलिपि ।
- सम्बन्धित कामको अनुभव भए सो को पत्रको प्रतिलिपि ।
- २ प्रति पासपोर्ट साइज फोटो ।
परीक्षा को किसिम
१) प्रयोगात्मक परीक्षा
२) मौखिक ( अन्तर्वार्ता )
सेवा सुविधा : गरिब परिवार पहिचान तथा परिचय पत्र निर्देशिका २०७५ बमोजिम हुनेछ ।
सम्पर्क मिति : २०७८ मंसिर २२ गते
थप जानकारीको लागि :
फोन : ०२३ – ४७०३२३
वेबसाइट : www.shivasatakshimun.gov.np