वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क सीप सिक्ने अवसर
वैदेशिक रोजगारीमा जान चाहने कामदारहरूका लागि सुरक्षित आप्रवासन परियोजना “सामी” ले निःशुल्क सीपमूलक तालिम प्रदान गर्दैछ ।
डकर्मी, किचन हेल्पर, सटरिङ्ग कार्पेन्ट्री, वेल्डर, इलेक्ट्रिसियन, पल्मबर, स्काफोल्डिङ गरि ७ वटा शीर्षकमा सञ्चालन हुने तालिम ३० दिनसम्म चल्नेछ । सहभागीको खाने बस्ने व्यवस्था सामी आफैँले गर्नेछ ।
सामीले महिलाहरूका लागि भनेर विशेष २ वटा शीर्षकमा पनि तालिम सञ्चालन गर्नेछ हाउस किपिङ/क्लिनर र गार्मेन्ट मेसिन अपरेटर गरि दुई विधाका तालिम महिलाहरूका लागि दिइनेछ ।
डकर्मी, किचन हेल्पर, पोखरमा सञ्चालन हुने वेल्डर सम्बन्धी तालिम, पोखरामा नै सञ्चालन हुने इन्डस्ट्रियल इलेक्ट्रीसियन तालिम र महिलाहरूका लागि हाउस किपिङ तालिम भदौ १७ गतेबाट सञ्चालन भइसकेको छ ।
सटरिङ्ग कारपेन्ट्री सीप तालिम भदौ २५ गतेदेखि काठमाण्डौमा सञ्चालन हुनेछ ।
बुटवलमा सञ्चालन हुने इन्डस्ट्रियल इलेक्ट्रीसियनको तालिम भने भदौ २४ गतेबाट सञ्चालन हुनेछ ।
यस्तै प्लम्बर सम्बन्धी तालिम भदौ १८ गतेदेखि काठमाण्डौ र २७ गतेदेखि झापाको बिर्तामोडमा सञ्चालन हुँदै छ । त्यस्तै सामीले भदौ १८ र १९ गतेदेखि काठमाण्डौमा स्काफोल्डिङ्ग सीप तालिम सञ्चालन गर्ने भएको छ । महिलाहरूका लागि गार्मेन्ट मेसिन अपरेटरको तालिम भने भदौ १४ गतेबाट काठमाडौंमा हुनेछ ।
तालिममा सहभागी हुन मेडिकल पास भएको हुनुपर्छ मेडिकल गर्दाको खर्च र तालिममा आवश्यक सेफ्टी जुत्ता आफैँले किन्नुपर्नेछ । आवेदन अनलाइनमार्फत भरेर पठाउन सकिनेछ ।
आवेदन फारमका लागि यहाँ थिच्नुहोस्
पुरुषको हकमा १९ वर्ष उमेर पूरा नभई ३८ वर्ष ननाघेका साथै महिलाको हकमा १९ वर्ष पूरा भई ३५ वर्ष ननाघेका महिलाहरूले तालिमका लागि आवेदन दिनसक्नेछन् ।
डकर्मी तालिमका लागि न्यूनतम कक्षा ५ उत्तीर्ण गरेको हुनुपर्नेछ, किचन हेल्पर र इलेक्ट्रिसियनका लागि कक्षा १० उत्तीर्ण भएको हुनुपर्नेछ भने सट्रिङ कार्प्रेन्ट्री, वेल्डर,प्लम्बर,हाउस किपिङ/क्लिनर र गार्मेन्ट मेसिन अपरेटरका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण भएको हुनुपर्नेछ भने स्काफोल्डिङको हकमा साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।
थप जानकारीका लागि शनिबार र आइतबार बाहेक बिहान ९ बजेदेखि ५ बजेसम्म ९८४०२४८०३४ मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना :
seep siknako lagi