लोकसेवा गण्डकीले माग्यो ३२ स्थायी कर्मचारी

जीविको २०८० भदौ १५ गते १३:५१

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदहरूमा कर्मचारीको माग गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूमा कर्मचारीको माग गरेको हो ।  आयोगले वरिष्ठ पशु स्वास्थ्य अधिकृत, उपसचिव, वरिष्ठ वन अधिकृत, वरिष्ठ जलधार व्यवस्थापन अधिकृत, मेडिकल सुपरिटेन्डेन्ट जस्ता विभिन्न २७ पदमा ३२ कर्मचारीको माग गरिएको  प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

आवेदन आगामी असोज २ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म दिन सकिनेछ ।  आवेदन https://onlineppsc.gandaki.gov.np/login मा गइ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ । २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेकाहरूले आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुर २ हजार रुपैयाँ लाग्नेछ भने  समावेशी समूह तर्फका प्रत्येक समूहमा आवेदन दिँदा थप ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । 

आवेदकले आवेदन फारमसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र समावेशी आवेदकको हकमा सम्बन्धित निकायको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी समावेश गर्नुपर्नेछ । 

थप  जानकारीका लागि ०६१-४६७८७३ Website:- http://ppsc.gandaki.gov.np E-mail: [email protected]

हेर्नुहोस् सूचना : LINK 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *