आवेदन प्रकृया: कोरियामा पानीजहाज निर्माण कम्पनीमा रोजगारीको अवसर

जीविको २०८० साउन १४ गते १६:०७

पानी जहाज कम्पनीमा काम गर्नका लागि इपिएस कोरिया शाखाले २ हजार ५०० कामदारको भाषा परीक्षाको लागि आवेदन माग गरेको छ । नेपाल सरकार र गणतन्त्र कोरियाबीच भएको समझदारी अनुरूप कोरियामा पानी जहाज कम्पनीको लागि कामदारको माग गरिएको हो ।

भाषा परीक्षाका लागि साउन २० गतेदेखि साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको परीक्षा सबै एकैदिन अर्थात् आगामी असोज १ गते सञ्चालन हुनेछ । आवेदकको सङ्ख्या बढी भएमा भने परीक्षाको मितिमा फेरबदल हुन सक्ने इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनले भने, “१८ वर्ष पूरा भएको र ३९ वर्ष ननाघेको नेपाली नागरिक, फौजदारी अभियोगमा सजाय नपाएको र पहिलानै कोरिया गइसकेको रिटर्नीको हकमा ५ वर्ष भन्दा कम कोरियामा काम गरेको र नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएकाहरूले आवेदन दिन सक्नेछन्”

२०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूले पनि यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्ने सुवेदीले बताए ।

आवेदकको योग्यता

  • नेपाली नागरिक
  • उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको ।
  • कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।
  • कोरियामा गई गैह्र कानूनी गतिबिधिमा संलग्न भई वा गैह्र कानूनी रुपमा बसोवास गरी कोरियाबाट फिर्ता नपठाइएको ।
  • नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको ।
  • कोरियामा E-9 र E – 9 – 1 भिषामा पाँच बर्ष भन्दा कम अवधि बसेको ।
  • Color Blindness, Color weakness र Disk & Finger Amputation नभएको ।

आवेदन दिनका लागि

  • आवेदन दर्ता मिति :- २०८० श्रावण २० – २४ गते बुधबार (August 05 -09, 2023 ) सम्म ।
  • अनलाईनबाट मात्र परीक्षा आवेदन फाराम बुझाउन मिल्ने: https://eoers.epsnepal.gov.np
  • आवेदन दर्ता गर्ने तरिका https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै Demo हेर्न सकिनेछ ।

आवश्यक कागजातहरू :

  • राहदानीको फोटो भएको पेज (बायो पेज) को रंगिन (Colour) स्क्यान गरेको JPG Image file (Width 600 pixels, Up to 100KB) अपलोड गर्नु पर्नेछ ।
  • आवेदन फाराममा ३ महिना यता खिचेको दुवै कान देखिने एम. आर. पी. साईजको सेतो पृष्ठभूमि भएको, upper chest देखिने, सेतो कपडा नलगाएको रङ्गीन फोटो (Photo Width 100 ~ 300 pixels, File Type: Only JPG Up to 15KB size) को फोटो स्क्यान गरी अपलोड गर्नु पर्नेछ ।
  • आवेदकले आवेदन फाराम भर्दा अनिवार्य रुपमा आफ्नै ईमेल ठेगाना र मोबाईल नम्बर उल्लेख गर्नुपर्नेछ ।

थप महत्वपूर्ण जानकारीहरू:

  • परीक्षा शुल्क : अमेरिकी डलर २८ (अठ्ठाईस ) (USD 28) । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ अनलाईन भुक्तानी प्रदायक संस्थाहरु मार्फत मात्र बुझाउन सकिनेछ ।
  • आवेदकहरुको परीक्षा ललितपुर भैसेपाटीस्थित UBT भवनमा सञ्चालन हुनेछ ।
  • परीक्षा स्थल र समय ( Shift ) २०८० भाद्र ०८ गते शुक्रबार (August 25, 2023) प्रकाशित हुनेछ ।
  • *भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने

हेर्नुहोस् सूचना : 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *