विश्वविद्यालय अनुदान आयोग तथा स्पाईन एक्स स्पेसियालिटी हस्पिटलमा रोजगारीको अवसर

जीविको २०८० वैशाख ४ गते ११:३९

विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले बिभिन्न पदमा गरेर ५ जना स्थायी कर्मचारीको माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा बरिष्ठ सहायक पदको लागि कर्मचारीको आव्हान गरिएको हो । 

आवेदन बैशाख २१ गतेसम्म दिन सकिने छ  भने दोब्बर दस्तुर तिरेर वैशाख २७ गतेसम्म दिन सकिनेछ । आवेदन फाराम www.ugcnepal.edu.np बाट डाउनलोड गरी भर्न सकिने छ । आवेदन फारामसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपिहरू तथा समावेशी समुदायको हकमा स्थानीय तहको प्रमुखको सिफारिसपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।     

आवेदन दस्तुर ८ सय रुपैयाँ लाग्ने छ भने समावेशी समुहको लागि थप ५० प्रतिशत रकम लाग्ने छ । दस्तुर आयोगको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १७३०१०००००२१४००१ मा जम्मा गर्नु पर्ने हुन्छ । कर्मचारी छनोट लिखित, अन्तर्वार्ता तथा कम्प्युटर दक्षता परीक्षाबाट गरिने छ । महिला कर्मचारीको परिक्षण काल ६ महिनाको हुने छ भने पुरुष कर्मचारीको १ वर्षको हुने आयोगले बताएको छ ।  

थप जानकारीका लागि ०१६६३८५५४८ वा ६६३८५४९ मा सम्पर्क गर्न सकिने छ ।  

हेर्नुहोस् सूचना 

 

त्यस्तै, स्पाईन एक्स स्पेसियालिटी हस्पिटल बिर्तामोड झापाले बिभिन्न २८ पदमा कर्मचारीको माग गरेको छ । हस्पिटलले Neuro, Surgeon, Orthopedics ,ENT, Surgeon, Staff Nurse, BBS/BBA, Diploma in Biomedical Engineering, Chief Finance Officer लगायतका पदमा ९३ जना कर्मचारीको माग गरेको हो । 

आवेदन बैशाख १० गतेसम्म दिन सकिने छ । आवेदन फाराम अस्पतालबाट लिइ भर्न सकिने छ ।  दरखास्त फारामसँगै व्यक्तिगत विवरण समावेश गरी अस्पतालको कार्यालयमा वा   [email protected] मा इमेल गरेर बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।   

थप जानकारीका लागि ९८०७९२३३५१ मा सम्पर्क गर्न सकिने छ ।     

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *