लोकसेवा र सैनिक विद्यालयमा रोजगारीको अवसर
सैनिक कल्याणकारी निर्देशनालय, बलाध्यक्ष विभाग, जंगी अड्डाले बिभिन्न पदमा कर्मचारीको माग गरेको छ । जंगी अड्डाले भक्तपुर, पोखरा, धरान, बर्दिवास, चितवन, सुर्खेत, कैलाली र काठमाडौंमा रहेका सैनिक महाविद्यालय/विद्यालयहरुको लागि जि टि, धोबी, मनोवैज्ञानिक परामर्शदाता, हाउस पाले, पिपा, आया, कार्यालय सहयोगी, इलेक्ट्रिसियन, शाखा अधिकृत लगायतका पदमा ४५ जना कर्मचारीको लागि आवेदन आव्हान गरेको हो ।
आवेदन बैशाख १३ गतेसम्म बुझाउन सकिने छ । दरखास्त फाराम उपत्यकामा रहेका महाविद्यालय/विद्यालयहरुको हकमा श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुर र अन्य महाविद्यालयको हकमा सम्बन्धित महाविद्यालयमा पाइने छ भने सोही स्थानमा बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
उल्लेखित पदहरूको आवश्यक योग्यता, छनौट प्रकृया तथा थप जानकारीका लागि www.nepalarmy.mil.np मा हेर्न सकिने छ ।
हेर्नुहोस् सूचना
त्यस्तै, निजामती सेवाका लागि सातै प्रदेशबाट २ सय ३७ कर्मचारीको माग गरिएको छ । निजामती सेवाका लागि द्वितीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा कर्मचारीको आव्हान गरिएको हो ।
आवेदन आउँदो बैशाख १९ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर बैशाख २६ गतेसम्म दिन सकिनेछ । आवेदन www.psconline1.psc.gov.np मार्फत अनलाइन दिन सकिनेछ । आवेदन दिँदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र तथा समावेशी समूहका लागि सम्बन्धित स्थानीय तहबाट पहिचान खुल्ने प्रमाणपत्र PDF फर्म्याटमा अप्लोड गर्नुपर्नेछ । कर्मचारी छनोट लिखित प्रयोगात्मक र अन्तर्वार्ताबाट गरिनेछ । दरखास्त दस्तुर ५ सय लाग्नेछ । समावेशी समूह तर्फका आवेदनका लागि थप १ सय ५० रुपैयाँ दस्तुर लाग्नेछ।
सूचनाका लागि : LINK