रोजगारीका लागि देश छोड्नेको अङ्कचित्र २०७८ : वाध्यात्मक बन्यो पलायन

जीविको २०७९ चैत १० गते १६:०५

राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार २१ लाख ९० हजार ५ सय १२ नेपाली विदेशमा रहेका छन् । प्रतिवेदन अनुसार १५ लाख ५५ हजार परिवारका २१ लाख भन्दा बढी विदेशमा रहेका हुन् ।

विदेशमा रहेको उक्त जनसङ्ख्या मध्ये १७ लाख ९९ हजार अर्थात् ८२.२१ प्रतिशत जनसङ्ख्या पुरूषको रहेको छ । यो सङ्ख्या जनगणना २०६८ भन्दा २ लाख ७० हजारले बढी हो । 

अङ्कचित्र: वाध्यात्मक बन्यो पलायन/ राष्ट्रिय जनगणना २०७८

जनगणना अनुसार ३ लाख ९० हजार ९ सय १७ अर्थात् १७.८ प्रतिशत महिला विदेशमा रोजगारी गर्दै आएका छन् । यसअघि २०६८ मा केन्द्रिय तत्थ्याङ्क विभागले निकालेको जनगणनाको प्रतिवेदन अनुसार ८७.६४ प्रतिशत पुरूष  विदेशमा बस्दै आएका थिए । महिलाको अनुपात १२.३४ प्रतिशत रहेको थियो ।

प्रतिवेदन अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ बाट बढेर २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *