नेपाली सेना, न्यायिक प्रतिष्ठान र काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा रोजगारीका अवसरहरू
साधारण लेखपढ गर्न जान्नेहरूका लागि ४ सय भन्दा बढी सङ्ख्यामा नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ ।
नेपाली सेनाले ब.का.सी., सूचिकार, सफाईकर्मी, सिकर्मी, माली लगायतका पदहरूमा आवेदन माग गरेको हो । नेपाली सेनाको इटहरी महोत्तरी, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, कैलाली, नारायणहिटी लगायतका भर्ना केन्द्रबाट दरखास्त पेस गर्न सकिने भर्ना छनोट निर्देशनालयको सूचनामा उल्लेख गरिएको छ।
दरखास्त चैत्र १९ गतेसम्म र दोब्बर दस्तुर बुझाई चैत्र २६ गतेसम्म दिन सकिने छ । आवेदन दस्तुर १ सय रुपैयाँ लाग्नेछ । दस्तुर केन्द्रहरूले तोकेको बैङ्क खाता नम्बर, कार्यालय कोड र राजस्व शीर्षक नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । सोको सक्कल भौचर तथा प्रतिलिपि दरखास्त फारामसाथ पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना : LINK
राष्ट्रिय न्यायिक प्रतिष्ठानले कार्यक्षमताको मल्याङ्कनद्वारा बढुवा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिताबाट निर्देशकदेखि छपाई सहायकसम्म स्थायी पदपूर्ति गर्दैछ । आन्तरिकतर्फ निर्देशक तथा उपनिर्देशक (व्यवसाय विकास अधिकृत) र खुला तथा समावेशी तर्फ उप निर्देशक (अधिकृत द्वितिय), अनुसन्धान अधिकृत, प्रशिक्षण व्यवस्थापन अधिकृत, शाखा अधिकृत, लेखा अधिकृत, कार्यालय सहायक, अनुसन्धान सहायक, प्रशिक्षण व्यवस्थापन सहायक र छपाई सहायकको माग गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।
पदपूर्तिका लागि परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ । साथै प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता पनि हुने सूचनामा उल्लेख गरिएको छ । दरखास्त फारम र पाठ्यक्रम का लागि www.njanepal.org.np/ मा बुझ्न सकिने छ ।
आवेदन चैत्र १० गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर चैत्र १७ गतेसम्म दिन सकिने प्रतिष्ठानले बताएको छ । आवेदन फारामसँगै व्यक्तिगत विवरण , नेपाली नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरू र तालिम तथा अनुभवका पत्रहरूको प्रतिलिपि संलग्न गरि प्रतिष्ठानमा गएर दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।
आवेदन दस्तुर अधिकृत प्रथम र द्वितीय श्रेणीको लागि १ हजार २ सय रुपैयाँ, अधिकृत तृतीय श्रेणीको लागि १ हजार रुपैयाँ र सहायक प्रथमको लागि ४ रुपैयाँ लाग्नेछ । दस्तुर ग्लोबल आईएमई बैङ्कमा रहेको प्रतिष्ठानको चल्ती खाता नम्बर ०१०००००२४३३३५२४ मा जम्मा गरेको भौचरको सक्कल प्रति दरखास्तका साथ पेस गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना
काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि करार सेवामा २४ जना; सिभिल इन्जिनियर १२ जना र सब इन्जिनियर १२ जनाको माग भएको छ । योग्यता पुगेका उम्मेदवारले फागुन १९ गतेदेखि १५ दिनभित्र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति सहित लिखित निवेदनमा रू १० को टिकट टाँसेर नेपाली फाइलमा सिलबन्दी गरि आवेदक स्वयम् उपस्थित भइ काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना कार्यालयमा दरखास्त बुझाउन प्रकाशित सूचनामा आव्हान गरिएको छ ।
पदपूर्ति सम्बन्धी कुनै दुबिधा भएमा वा जानकारी लिनुपरेमा कार्यालयको फोन नम्बर ०१४२६७०६० तथा आयोजनाको इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना :