अवसर : सिटिइभिटीले माग्यो गण्डकी प्रदेशको लागि स्वयंसेवक
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ( सीटीईभीटी ) गण्डकी प्रदेश कार्यालयले ५ महिनाको लागि स्वयंसेवकको आवेदन खुलाएको छ । परिषद्ले प्राविधिक शिक्षा हासिल गरेका युवालाई प्रदेश तथा स्थानीय विकास प्रक्रियामा सहभागी गराइ सुशासन प्रवर्द्धन, पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा संम्लघ्न गराउनको लागि स्वयंसेवकको माग गरेको हो ।
आवेदन माघ २१ गतेसम्म दिन सकिने छ । आवेदन फाराम www.ctevtgandaki.org.np बाट डाउनलोड गरी भर्न सकिने छ । आवेदन फारामसँगै शैक्षिक योग्यता, तालीम र नागरिकताको प्रमाणपत्रको संलग्न गरि [email protected] वा परिषद्को कार्यालयमा निवेदन बुझाउन सकिनेछ । स्वयंसेवक छनोट गर्दा सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा र यसअघि यस प्रदेशमा स्वयंसेवकको रूपमा काम गर्ने अवसर नपाएका उम्मेदवारलाई प्राथमिकता दिइने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीका लागि ०६१-५३२२७१, ९८५६०१६०८० वा ९८४९२६८८९२ मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना