अवसर: पश्चिमाञ्चल अस्पताल पोखरामा, स्वास्थ्य कर्मचारीको माग

जीविको २०७९ पुष २१ गते ११:४५

पश्चिम क्षेत्रीय अस्पताल रामघाट पोखराले विभिन्न पदको लागि कर्मचारीको आवेदन माग गरेको छ । अस्पतालले रेडियोग्राफर र फार्मेसी साहयकको माग गरेको हो । आवेदन पुष २८ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने अस्पतालले बताएको छ । 

रेडियोग्राफी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि सम्बन्धित काउन्सीलमा दर्ता भएको र फार्मेसी साहयकको लागि फार्मेसी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि सम्बन्धित काउन्सीलमा दर्ता भएको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख  गरिएको छ । 

आवेदन फारमसँगै आवेदकले पाँच सय रूपैयाँ दरखास्त तिरेको रसिद पेस गर्नुपर्ने अस्पातलले बताएको छ ।  कर्मचारी छनोट लिखित तथा अन्तर्वाताबाट गरिने अस्पतालले बताएको छ । 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *