बुढानिलकण्ठ स्कुलले खुलायो विपन्न समुदायका जेहनदार विद्यार्थीहरूका लागि  छात्रवृत्ति फोटो : बुढानिलकण्ठ स्कुल

जीविको २०७८ चैत १७ गते ११:०६

शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालय अन्तर्गत काठमाडौं बुढानिलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा सहभागि  विद्यालयहरूले विपन्न समुदायका कक्षा ५ देखि माथिका जेहनदार विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।  

स्कुलले विगत २ वर्ष देखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरेका बालबालिकालाई निःशुल्क वा सहुलियत शुल्कमा अध्यापन गराउनका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरेर छनोट गर्ने जनाएको हो। 

आउँदो  बैशाख १८ गते दिउसो १ बजे देखि ४ बजे सम्म र बैशाख १९ गते बिहान ८ बजे देखि १० बजे सम्म फारमा बुझाउन सकिने बुढानिलकण्ठ स्कुलले जनाएकोछ ।   

विद्यार्थीले विद्यालयको वेबसाइट www.bnks.edu..np    वा www.cehrd.gov.np बाट डाउनलोड गरेर दरखास्त फाराम भरी आवश्यक कागजातसहित [email protected]  मा इमेल गरि पठाउन सकिने छ भने आवेदन दस्तुर एक सय रुपैयाँ लाग्ने ।   

छात्रवृत्तिका लागि आरक्षण कोटाभित्र लोपोन्मुख -२, दलित ४, मुस्लिम -१, मधेसी- ४, आदिवासी/जनजाति, पिछडिएको क्षेत्र -२ र द्वन्द्वपीडित२ जनाको सिट तोकिएको छ । यस्तै विद्यालयले बुढानिलकण्ठ नगरपालिकाभित्रका १ जना छात्र र १ जना छात्रालाई  छात्रवृत्ति दिनेछ । 

कक्षा ५ को छात्रवृत्तिमा सहभागी हुन कक्षा ३ र ४ को नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान ( ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत पाठ्यक्रम तोकिएको छ। 

२०२८ स्थापना भएको बुढानिलकण्ठ स्कुलले वार्षिक रूपमा यस्तो छात्रवृति कार्यक्रम गर्दै आएका छ । आर्थिक रुपमा विपन्न जेहनदार विद्यार्थीहरूले आर्थिक अभावका कारण गुणस्तरीय शिक्षा पाउन बाट बञ्चित नहुन भन्ने उद्देश्यले उक्त छात्रवृति कार्यक्रम ल्याइएको स्कुल प्रिन्सिपलको सचिवालयले बताएको छ । 

विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने  स्कुलले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *