हिमालय एयरलाइन्सको काठमाडौं–दमाम–काठमाडौं उडान रद्द, यात्रुलाई सूचना

जीविको २०८३ असोज २८ गते १५:०२

काठमाडौं। हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण बुधबार (अक्टोबर १४, २०२६) का लागि तय भएका काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान रद्द गरेको छ।

एयरलाइन्सले बुधबार सूचना जारी गर्दै यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै साउदी अरबको दमाम जाने र त्यहाँबाट काठमाडौं आउने दुवै उडान रद्द गरिएको जानकारी दिएको हो।

रद्द गरिएका उडानहरू :

  • काठमाडौं–दमाम : उडान नम्बर H9-559, बुधबार, २८ असोज २०८३ (अक्टोबर १४)
  • दमाम–काठमाडौं : उडान नम्बर H9-560, बुधबार, २८ असोज २०८३ (अक्टोबर १४)

एयरलाइन्सले प्रभावित यात्रुहरूलाई थप जानकारीका लागि आफ्नो आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा हेर्न अनुरोध गरेको छ।

उडान रद्द हुँदा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै एयरलाइन्सले उनीहरूको साथ र सहयोगप्रति आभार व्यक्त गरेको छ।

रद्द भएका उडानहरू पुनः कहिले सञ्चालन हुने भन्नेबारे भने सूचनामा केही उल्लेख गरिएको छैन।

यससम्बन्धी थप जानकारीका लागि यात्रुहरूले हिमालय एयरलाइन्सको आधिकारिक वेबसाइट www.himalaya-airlines.com हेर्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *