IIDS मा अप्रेन्टिसशिप खुल्यो, मासिक १८ हजारसम्म भत्ता; यसरी दिनुहोस् आवेदन

जीविको २०८३ साउन २७ गते १२:५८

काठमाडौं। अनुसन्धान, अर्थशास्त्र, शिक्षा, तथ्यांक विश्लेषण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल ट्रान्सफर्मेसन, रणनीतिक मामिला तथा ग्राफिक डिजाइनमा रुचि भएका युवाका लागि इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS) ले १२ वटा अप्रेन्टिसशिप पदमा आवेदन खुलाएको छ।

संस्थाले IIDS अप्रेन्टिसशिप फेयर २०२६ अन्तर्गत विभिन्न केन्द्र तथा विषयगत क्षेत्रमा जुनियर रिसर्च असिस्टेन्ट तथा जुनियर रिसर्च एनालिस्ट का लागि आवेदन माग गरेको हो।

छ महिनासम्म सञ्चालन हुने अप्रेन्टिसशिपमा हालै स्नातक वा त्यसभन्दा माथिको अध्ययन पूरा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्।

IIDS का अनुसार यस कार्यक्रममार्फत सहभागीले विकास अनुसन्धान, सार्वजनिक नीति, संस्थागत कार्यप्रणाली तथा व्यावसायिक अभ्याससम्बन्धी प्रत्यक्ष अनुभव लिन पाउनेछन्। छनोट भएका अप्रेन्टिसले अनुभवी अनुसन्धानकर्ता तथा पेशाकर्मीसँग काम गर्दै अनुसन्धान, नीतिगत संवाद र ज्ञान उत्पादनसम्बन्धी काममा सहभागी हुने अवसर पाउनेछन्।

कुन क्षेत्रमा कति पद?

IIDS ले कुल १२ जनाका लागि आवेदन माग गरेको छ।

सेन्टर फर इकोनोमिक पोलिसी पद
अर्थशास्त्र तथा कृषि क्षेत्रमा काम गर्न चार जना माग गरिएको छ।

सेन्टर फर ह्युमन एसेट्स पद
शैक्षिक सामग्री तथा शिक्षण पद्धति, तथ्यांक विश्लेषण तथा परिमाणात्मक अनुसन्धान, शिक्षकसम्बन्धी अध्ययन तथा एआई शिक्षा नीतिमा काम गर्न तीन जना माग गरिएको छ।

डिजिटल ट्रान्सफर्मेसन, हब अफ एक्सिलेन्स पद

स्ट्राटेजिक अफेयर्स, हब अफ एक्सिलेन्स पद

ग्राफिक डिजाइनर पद

आवेदकलाई आफूले आवेदन दिन चाहेको पद र क्षेत्रको विस्तृत जब डिस्क्रिप्सन (JD) हेरेर मात्र आवेदन दिन IIDS ले आग्रह गरेको छ।

जब डिस्क्रिप्सन iids.org.np/career मा उपलब्ध छ।

कसले आवेदन दिन सक्छ?

यो अप्रेन्टिसशिपमा कम्तीमा स्नातक तह पूरा गरेका व्यक्तिले आवेदन दिन सक्छन्।

स्नातक अर्थात् ब्याचलर तह पूरा गरेका व्यक्ति छनोट भएमा जुनियर रिसर्च असिस्टेन्ट का रूपमा काम गर्नेछन्।

स्नातकोत्तर अर्थात् मास्टर्स तह पूरा गरेका व्यक्ति छनोट भएमा जुनियर रिसर्च एनालिस्ट का रूपमा काम गर्नेछन्।

आवेदकको पदनाम उसले पूरा गरेको सबैभन्दा उच्च शैक्षिक योग्यताका आधारमा निर्धारण गरिनेछ।

मासिक भत्ता कति पाइन्छ?

छनोट भएका अप्रेन्टिसले शैक्षिक योग्यताअनुसार मासिक भत्ता पाउनेछन्।

ब्याचलर पूरा गरेका जुनियर रिसर्च असिस्टेन्ट: मासिक १५ हजार रुपैयाँ

मास्टर्स पूरा गरेका जुनियर रिसर्च एनालिस्ट: मासिक १८ हजार रुपैयाँ

अप्रेन्टिसशिप कति समयको हो?

अप्रेन्टिसशिपको अवधि महिना रहनेछ।

छनोट भएका व्यक्तिले काठमाडौंको मण्डिखाटारस्थित IIDS कार्यालयमा काम गर्नुपर्नेछ।

काम गर्ने दिन: सोमबारदेखि शुक्रबारसम्म
काम गर्ने समय: बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
कार्यस्थल: मण्डिखाटार, काठमाडौं

आवेदनका लागि के–के चाहिन्छ?

अनलाइन आवेदन दिँदा निम्न कागजात तयार गर्नुपर्नेछ:

  • कभर लेटर
  • सीभी (बायोडाटा)
  • ब्याचलर डिग्रीको प्रमाणपत्र वा ट्रान्सक्रिप्ट अनिवार्य
  • मास्टर्स डिग्रीको प्रमाणपत्र वा ट्रान्सक्रिप्ट मास्टर्स पूरा गरेको भए

यसका साथै आवेदकले आफ्नो आधारभूत शैक्षिक विवरण पनि आवेदन फाराममा भर्नुपर्नेछ।

आफूले आवेदन दिएको केन्द्र वा क्षेत्रअनुसार केही छोटा स्क्रिनिङ प्रश्नको उत्तर पनि दिनुपर्नेछ।

यी प्रश्नमार्फत सम्बन्धित क्षेत्रमा आवेदकको रुचि, सीप तथा उक्त जिम्मेवारीका लागि उसको उपयुक्तता हेर्ने IIDS ले जनाएको छ।

आवेदन कसरी दिने?

आवेदन अनलाइनबाट दिन सकिन्छ।

. सबैभन्दा पहिले iids.org.np/career मा गएर आफूले आवेदन दिन चाहेको क्षेत्रको जब डिस्क्रिप्सन हेर्नुहोस्।

. त्यसपछि आफ्नो सीभी, कभर लेटर तथा शैक्षिक प्रमाणपत्र वा ट्रान्सक्रिप्ट तयार गर्नुहोस्।

. आवेदन दिन iids.org.np/apply मा जानुहोस्।

. अनलाइन आवेदन फाराममा मागिएको व्यक्तिगत तथा शैक्षिक विवरण भर्नुहोस्।

. आफूले आवेदन दिन चाहेको केन्द्र वा विषयगत क्षेत्र छनोट गर्नुहोस्।

. सम्बन्धित स्क्रिनिङ प्रश्नहरूको उत्तर दिनुहोस्।

. सीभी, कभर लेटर र आवश्यक शैक्षिक कागजात अपलोड गर्नुहोस्।

. सबै विवरण ठीक भए/नभएको जाँच गरेर आवेदन बुझाउनुहोस्।

आवेदन लिंक: iids.org.np/apply

आवेदनको अन्तिम मिति

आवेदन दिने अन्तिम मिति १६ अगस्ट २०२६, आइतबार तोकिएको छ।

इच्छुक आवेदकले अन्तिम दिनसम्म नपर्खी आफूले रोजेको क्षेत्रको जब डिस्क्रिप्सन अध्ययन गरेर आवश्यक कागजातसहित समयमै आवेदन दिनु उपयुक्त हुन्छ।

थप जानकारी कहाँबाट लिने?

अप्रेन्टिसशिप, पदको जिम्मेवारी वा आवेदन प्रक्रियाबारे थप जानकारी आवश्यक भए IIDS लाई आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिन्छ।

इमेल: [email protected]
जब डिस्क्रिप्सन: iids.org.np/career
अनलाइन आवेदन: iids.org.np/apply

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित