नेपाली सेनाले माग्यो ४ हजार २२५ जना कर्मचारी

जीविको २०८३ वैशाख २० गते ९:४२

काठमाडौँ — नेपाली सेनाले विभिन्न सेवा तथा पदका लागि ४ हजार २२५ जना नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशित गरेको छ। जंगी अड्डाले सैनिक पदमा नयाँ भर्ना लिन दरखास्त आह्वान गर्दै सूचना सार्वजनिक गरेको हो।

सार्वजनिक विज्ञापनअनुसार नेपाली सेनाले देशका विभिन्न पृतना, गण तथा बाहिनीहरूमा पदपूर्तिका लागि आवेदन मागेको छ। यसअन्तर्गत सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी लगायतका पदमा भर्ना खुलाइएको छ।

विज्ञापनमा उल्लेख भएअनुसार उपत्यका पृतना, नारायणहिटी का लागि ३०० जना, श्री राजदल गण, ललितपुर का लागि १२५ जना, श्री मेहरगण, धुलीखेल का लागि १०० जनापूर्वी पृतना हेडक्वार्टर, इटहरी का लागि २५० जना माग गरिएको छ। यस्तै, अन्य गण तथा इकाइहरूमा पनि फरक–फरक संख्यामा नयाँ भर्ना लिन लागिएको छ।

सबैभन्दा धेरै माग भने श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर, निमारे–सुर्खेत का लागि गरिएको छ। उक्त हेडक्वार्टरका लागि मात्रै ४०० जना कर्मचारी मागिएको विज्ञापनमा उल्लेख छ।

कुन पदमा कति माग?

सेनाले खुला प्रतिष्पर्धामार्फत सैन्य पदका लागि ४,०५८ जना र विभिन्न ट्रेडका फलोअर्स (सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी र माले/सयस/नालवन्दी) पदका लागि १६७ जना गरी कुल ४,२२५ जना माग गरेको छ।

 प्रमुख भर्ना केन्द्रहरू र सिट संख्या:

  • उत्तर पश्चिम पृतना हेडक्वार्टर, सुर्खेत: ४०० जना

·  उपत्यका पृतना हेडक्वार्टर, नारायणहिटी: ३०० जना·  पूर्वी पृतना हेडक्वार्टर, इटहरी: २५० जना·  मध्य पृतना हेडक्वार्टर, बर्दिबास: १५० जना·  राजदल गण, ललितपुर: १२५ जना·  श्री मेहर गण, धुलिखेल: १०० जना

योग्यता र मापदण्ड

  • सैनिक पदका लागि: कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने। नयाँ ग्रेडिङ प्रणाली अनुसार २.० जीपीए (GPA) प्राप्त गरेको वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ
  • फलोअर्स पदका लागि: साधारण लेखपढ गर्न जान्ने
  • उमेर: सैन्य पदका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोअर्सका लागि २६ वर्ष ननाघेको हुनुपर्नेछ

आवेदन प्रक्रिया र दस्तुर

इच्छुक उम्मेदवारले नेपाली सेनाको आधिकारिक वेबसाइट nepalarmy.mil.np मार्फत अनलाइन दरखास्त फारम भर्न सक्नेछन्

  • दरखास्त दिने मिति: २०८३ वैशाख १८ देखि २०८३ जेठ १६ गतेसम्म। (दोब्बर दस्तुर तिरी २०८३ जेठ २३ गतेसम्म भर्न सकिनेछ)।
  • दस्तुर: सैन्य पदका लागि १५० रुपैयाँ र फलोअर्सका लागि १०० रुपैयाँ तोकिएको छ। समावेशी समूहका लागि थप २० प्रतिशत दस्तुर लाग्नेछ।

तपाईँले आफ्नो पायक पर्ने भर्ना केन्द्र छनौट गरी अनलाइन फारमको प्रिन्ट आउटसहित तोकिएको स्थानमा उपस्थित हुनुपर्ने विभागले जनाएको छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *