कोशी प्रदेशका स्टार्टअपलाई १० लाखसम्म बीऊ पूँजी दिइने, वैशाख १५ सम्म आवेदन खुल्ला
कोशी प्रदेश सरकारले नयाँ र सिर्जनशील सोच भएका उद्यमीहरूलाई प्रोत्साहन गर्न बीऊ पूँजी (Seed Capital) उपलब्ध गराउने भएको छ। प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले एक सूचना जारी गर्दै स्टार्टअप उद्यमीहरूलाई १० लाख रुपैयाँसम्म लगानी गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।
विशेष गरी सूचना प्रविधि (IT) को प्रयोग भएका र नयाँपन भएका स्टार्टअप व्यवसायहरूलाई प्राथमिकता दिइने यस कार्यक्रममा सहभागी हुन वैशाख १५ गतेभित्र आवेदन दिन सकिनेछ।
को-को योग्य छन्? यस कार्यक्रममा सहभागी हुन व्यवसाय दर्ता भएको १० वर्ष नागिएको हुनुपर्नेछ। साथै, पहिले कुनै पनि सरकारी निकायबाट अनुदान नलिएका उद्यमीहरूले मात्र यसमा आवेदन दिन पाउनेछन्।
कसरी दिने आवेदन? इच्छुक उद्यमीहरूले आफ्नो जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा गएर आवेदन बुझाउनु पर्नेछ। आवेदनका साथमा व्यवसाय दर्ता प्रमाणपत्र (PAN), नागरिकताको प्रतिलिपि, अडिट रिपोर्ट र कुनै अनुदान नलिएको स्व-घोषणा पत्र अनिवार्य समावेश गर्नुपर्नेछ।
कोशी प्रदेशमा रहेर केही नयाँ गर्न खोजिरहेका युवा उद्यमीहरूका लागि यो आफ्नो व्यवसाय विस्तार गर्ने एउटा महत्वपूर्ण अवसर हो। थप जानकारीका लागि मन्त्रालयको वेबसाइट https://moiac.koshi.gov.np/content/92/notice-regarding-submission-of-project-proposal-for/ पनि हेर्न सकिनेछ।
