१२ कक्षा उत्तीर्णलाई स्थायी रोजगारीको अवसर
राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा गरि ७१ कर्मचारीको आवेदन माग भएको छ ।
कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा मार्फत गरिनेछ । आयोगले अनुसन्धान अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) का लागि खुला १७ मधेशी ४ महिला ३ दलित २ र १ जना पिछडिएको क्षेत्रबाट गरि ३० कर्मचारीको माग भएको हो ।
त्यस्तै अनुसन्धान सहायकको हकमा २३ खुला, ५ आदिवासी जनजाति, ५ मधेशी, ४ महिला, ३ दलित र १ पिछडिएको क्षेत्रबाट गरि ४१ कर्मचारीको माग गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।
अनुसन्धान अधिकृत पदका लागि कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । अनुसन्धान सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले जानकारी दिएको छ ।
अनुसन्धान अधिकृतको हकमा पुरुषको हकमा २१ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् भने महिलाको हकमा ३० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूको हकमा भने उमेर हद ३५ वर्ष तोकिएको छ।
त्यस्तै अनुसन्धान सहायकको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् भने महिलाको हकमा ३० वर्ष उमेरहद तोकिएको छ । दरखास्त फाराम राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा login गरी व्यक्तिगत विवरणका साथै आवश्यक कागजातहरू सहित अनलाइन प्रणालीबाट भर्नुपर्नेछ । दरखास्त फाराममा भरिएका विवरणहरू विभागले प्रमाणित गरे पश्चात् रोल नम्बर कायम गरिनेछ। तत्पश्चात् अनलाइन प्रणालीबाट आफ्नो ID र Password Login गरी प्रवेशपत्र Print गर्न सकिनेछ ।
हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान कपी फोटो, उम्मेदवारको दस्तखतको स्क्यान कपी वा फोटो, पद अनुसार तोकिएको शैक्षिक योग्यता वा सो सरह उत्तीर्ण गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्रको PDF फाइल/स्क्यान कपी वा फोटो पेश गर्नुपर्नेछ ।
समावेशी समूह अन्तर्गत आदिवासी/जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र तर्फ दरखास्त दिने उम्मेदवारहरूले अनिवार्य रूपमा आधिकारिक निकायबाट प्रमाणित प्रमाणपत्रको PDF फाइल / स्क्यान कपी वा फोटो पेश गर्नुपर्नेछ ।
अनुसन्धान अधिकृत पदका लागि. १ हजार र एकभन्दा बढी प्रत्येक समूह लागि २ सयका दरले थप दस्तुर बुझाउनुपर्नेछ । त्यस्तै अनुसन्धान सहायक पदका लागि ३ सय र एकभन्दा बढी प्रत्येक समूहका लागि ६० रुपैयाँका दरले दस्तुर बुझाउनुपर्नेछ ।
परीक्षा दस्तुर Online बाट e-Sewa र Connect IPS तथा Offline बाट भौचर Generate गरी राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ ।
आवेदन यही असार ३१ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर साउन ७ गतेसम्म दिन सकिनेछ ।
सूचना हेर्नका लागि : क्लिक
दरखास्त फारम भर्ने तरिका बुझ्नका लागि : क्लिक
अनलाइन आवेदन भर्नका लागि : क्लिक