एन आई सी एसिया लघुवित्तमा १ सय ५५ कर्मचारी माग

जीविको २०८० असार १० गते १६:३२

एन आई सी एसिया लघुवित्तिय संस्थाले विभिन्न ६ पदमा कर्मचारीको आवेदन माग गरेको छ । संस्थाले बरिष्ठ सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, बरिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धक (विभागिय प्रमुख) पदको लागि ३ जना, सहायक प्रबन्धक (प्रदेश प्रमुख) पदका लागि ४ जना, बरिष्ठ अधिकृत (उपप्रदेश प्रमुख) १० जना, बरिष्ठ अधिकृत (अनुगमन) का लागि ८ जना त्यस्तै बरिष्ठ सहायक (साखा प्रमुख) ३० जना र १ सय जना प्रशिक्षार्थीको माग गरेको हो ।

सुपरभाइजर, बरिष्ठ सहायक, सहायक प्रशिक्षार्थी, सहायकको हकमा आवेदन दिने मिति सम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र अधिकृत तथा सहायक प्रबन्धकको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

प्राम्भिक रुपमा छनौट सूचीमा परेका प्रतिस्पर्धीहरूलाई अन्तरवार्ताांको माध्यमबाट अन्तिम छनौट गरिनेछ ।

शाखा प्रमुख तथा प्रशिक्षार्थी सहायकको हकमा सवारी चालक अनुमति पत्र (मोटरसाइकल / स्कुटर) भएका तथा स्थानीयलाई विशेष प्राथमिकता दिईने संस्थाले बताएको छ।

आवेदकहरूले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, पायक पर्ने शाखा, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुला राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरू उल्लेख गरिएक बायोडाटा संलग्न गर्नु पर्नेछ । आवेदन आगामी असार २० गतेसम्म दिन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

आवेदन एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको वेभसाईट http://www.nicasialaghubitta.com/careers बाट अनलाइन दिन सकिनेछ ।

थप जानकारीका लागि

०११-६६००३४

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *