छात्रवृत्ति: नेपाली किशोरीलाई बङ्गलादेशमा ५ वर्षे ब्याचलर पढ्ने अवसर
एसियन युनिभर्सिटी फर वुमन, बङ्गलादेशमा नेपाली किशोरीहरूलाई ५ वर्षको निःशुल्क स्नातक (Bachelor Degree) तह पढ्ने तथा विभिन्न प्रकारको सीपमुलक तालिमहरू सिक्ने अवसर खुलेको छ । एसियन युनिभर्सिटी फर वुमन, बङ्गलादेश र छोरी संस्थाको समन्वयमा १२ कक्षा पढेको र त्यसपछि पढ्न इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्था कमजोर, हिंसा, दुर्व्यवहार, बेचविखनको जोखिममा परेका कारणले आफ्नो पढाईलाई निरन्तरता दिन नसकेका किशोरीहरूले आवेदन बुझाउन पाउने छन् । २०८० जेठ ३१ गतेसम्म फारम बुझाइसक्नु पर्ने भएकाले गर्दा आवेदन दिने किशोरीहरूले सम्पर्क गर्न छोरी संस्थाले एक सूचना मार्फत आव्हान गरेको छ ।
छोरी संस्था सन् २०१३ देखि महिला तथा किशोरीहरूको विभिन्न सवालहरूमा कार्यरत गैरसरकारी संस्था हो । यस संस्थाले मानव बेचविखन विरुद्ध रोकथाम, संरक्षण, पैरवी र सचेतना जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
निवेदनसँगै पेश गर्नुपर्ने कागजात:
नागरिकता, ३ वटा पासपोर्ट साइजको फोटो, १२ कक्षा पास गरेको सर्टिफिकेट
अध्ययन गर्न पाइने विषयहरू:
Economics, Bioinformatics, Environmental Science, Public Health Studies, Politics, Philosophy & Economic
सम्पर्क:
शारदा पुरी ९८४१०७०२९१, मिरा दाहाल ९८४१७३८२३४, अस्मिता दर्नाल ९८२३८१४७६३
हेर्नुहोस् सूचना: