कृषि विकास बैङ्कमा १ सय ७९ स्थायी कर्मचारी माग    

जीविको २०८० जेठ १९ गते १५:५१

कृषि विकास बैङ्क लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतियोगिताद्वारा विभिन्न पदमा स्थायी कर्मचारीको आवेदन आव्हान गरेको छ । बैङ्कले बरिष्ठ शाखा प्रमुख, बरिष्ठ इन्जिनियर, व्यवसाय अधिकृत, व्यवस्थापन सूचना प्रणाली अधिकृत, कानुन अधिकृत, कर्जा अधिकृत, ऋण सहायक, लेखापाल जस्ता पदमा गरि १ सय ७९ जना कर्मचारीको माग गरेको हो । 

आवेदन आउँदो असार ७ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिनेछ । आवेदन www.recruitment.adbl.gov.np बाट अनलाइन दिन सकिनेछ ।

 आवेदन फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र पासपोर्ट साइजको फोटो, अनुभव तथा तालिमको प्रमाणपत्र तथा समावेशी समूहको हकमा सम्बन्धित स्थानीय निकायको सिफारीसपत्र समावेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

 कर्मचारीको छनोट लिखित परीक्षाबाट गरिनेछ । लिखित परीक्षामा उत्तीर्ण हुनेलाई मौखिक परीक्षा मार्फत् पदपूर्ति गरिनेछ । कर्मचारीको परीक्षणकाल पुरुषको हकमा १ वर्ष र महिलाको हकमा ६ महिनाको हुने बैङ्कले बताएको छ ।

परीक्षा दस्तुर तह ४ र ५ को लागि खुला तर्फ ८ सय रुपैयाँ लाग्नेछ भने समावेशी तर्फ थप ४ सय रुपैयाँ लाग्नेछ । त्यस्तै तह ६,७,८,९ को लागि १ हजार रुपैयाँ लाग्नेछ भने समावेशी तर्फ थप ५ सय रुपैयाँ लाग्नेछ । दस्तुर कनेक्ट आइपिएस्, इसेवा वा खल्ती मार्फत बुझाउन सकिनेछ ।    

हेर्नुहोस् सूचना : LINK 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *