निःशुल्क सीप सिक्ने अवसर, यसरी दिनुहोस् आवेदन
सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि काठमाडौं र पोखरमा निःशुल्क आवासीय सीपमूलक तालिमको आवेदन आव्हान गरेको छ । सामीले ६ वटा छुट्टाछुट्टै विषयमा तालिम सञ्चालन गर्न लागेको हो । जसमा महिला र पुरूषका लागि बेग्लाबेग्लै विषयहरूमा तालिम सञ्चालन गर्नेछ ।
पुरुषका लागि स्काफोल्डिङ, प्लम्बर, औद्योगिक इलेक्ट्रिसियन, वेल्डर, रहेका छन् भने स्काफोल्डिङ पेशामा अन्तराष्ट्रिय प्रमाणिकरण गर्नका लागि ५ दिने तालिम पनि सामीले दिनेछ ।
महिलाहरूका लागि हाउस किपिङ, क्लिनर, गार्मेन्ट मेसिन अप्रेटरको तालिम सञ्चालन हुने सामीले बताएको छ ।
आवेदन https://forms.gle/6TxZGMzd1w1VDK8h7 बाट दिन सकिनेछ । तालिममा सहभागी हुन चाहनेले पासपोर्ट र नागरिकता अनिवार्य ल्याउनुपर्नेछ भने स्वास्थ्य परीक्षण पास भएको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । तालिमका सहभागिले सुरक्षा जुत्ता आफैँले किन्नुपर्ने हुन्छ जसको १ हजार २ सय रुपैयाँ लागत लाग्नेछ ।
थप जानकारीका लागि : ९८४०२४८०३४ मा सम्पर्क गर्न सकिनेछ ।
बेसिक एटिएस्-००७ (basic air traffic service course) तालिमका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान भक्तपुरले दरखास्त आव्हान गरेको छ । प्रतिष्ठानले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा १६ जना प्रशिक्षार्थीको माग गरेको हो । पूर्णतः निःशुल्क रुपमा प्रदान गरिने यस तालिमको अवधि १ वर्षको हुनेछ । त्यस्तै प्रतिष्ठानले बेसिक एआरएफएफ-०१४ ( basic aerodroma rescue fire fighting course) को लागि पनि १६ जना प्रशिक्षार्थीको माग गरेको छ ।
आवेदन जेठ ३२ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै नेपाली नागरिकताको प्रमाणपत्र, ३ प्रति पासपोर्ट साइजको फोटो तथा समावेशी समूहको लागि सम्बन्धित निकायको सिफारिसपत्र पेश गर्नुपर्नेछ ।
आवेदन फारम www.academy.caannepal.gov.np बाट डाउनलोड गरेर भर्न सकिनेछ । एटिएसको लागि विज्ञान वा आइटी र व्यवस्थापन वा इन्जिनियरिङ विषयको स्नातक तहमा द्वितीय श्रेणी वा CGPA 2.5 प्राप्त गरेकाले आवेदन दिन सक्नेछन् । प्रशिक्षार्थी छनोट लिखित अन्तर्वार्ता र स्वास्थ्य परीक्षणबाट गरिनेछ । तालिमको अवधि १ वर्षको हुने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । दरखास्त फारम शुल्क २ सय रुपैयाँ लाग्नेछ भने परीक्षा दस्तुर १ हजार २ सय लाग्ने प्रतिष्ठानले जनाएको छ ।
एआरएफएफको लागि एस् एल सी वा एसईईमा कम्तिमा CGPA 2.0 प्राप्त गरेकाले आवेदन दिन सक्नेछन् प्रशिक्षार्थीको छनोट शारिरक दक्षता, लिखित अन्तर्वार्ता र स्वास्थ्य परिक्षणबाट गरिनेछ । दरखास्त फारम दस्तुर २ सय रूपैयाँ लाग्नेछ भने परीक्षा दस्तुर ६ सय रुपैयाँ लाग्नेछ ।
दस्तुर प्राधिकरणको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १०९०१०००६४९१७००१ मा जम्मा गर्नुपर्ने हुन्छ ।
सूचना : LINK