मनमोहन प्राविधिक विश्वविद्यालयमाले माग्यो स्थायी कर्मचारी
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोग दुहबी सुनसरीले बिभिन्न पदको लागि कर्मचारी मागको आवेदन आव्हान गरेको छ । आयोगले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नको लागि मुख्य प्रशासकीय मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, पुस्तकालय सहायक लगायतका पदको लागि १८ जना कर्मचारीको माग गरेको हो ।
आवेदन खुला प्रतियोगिताको लागि असार ३ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १० गतेसम्म दिन सकिने छ । त्यस्तै आन्तरिक प्रतियोगिताको लागि जेठ २८ गतेसम्म आवेदन दिन सकिने छ । दरखास्त फाराम www.mtuservicecommission.edu.np बाट डाउनलोड गरेर भर्न सकिन् । आवेदन फारामसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपिहरू तथा समावेशी समुदायको हकमा स्थानीय तहको प्रमुखको सिफारिसपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदन दस्तुर १ हजार रुपैयाँ लाग्ने छ । दस्तुर आयोगको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खात नम्बर २३४०१०००००७२८००१ मा जम्मा गर्नुपर्ने हुन्छ । कर्मचारी छनोट लिखित, प्रयोगात्मक र अन्तर्वार्ताबाट गरिने छ ।
सूचना तथा थप जानकारीका लागि : LINK