नागरिक उड्डयन प्राधिकरणले माग्यो १ सय ४० जना स्थायी कर्मचारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिभिन्न पदमा कर्मचारी मागको आवेदन आव्हान गरेको छ । प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा १ सय ४० जना स्थायी कर्मचारीको माग गरेको हो । जसमा प्रबन्धक, उप प्रबन्धक, बरिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक लगायतका पदमा कर्मचारी मागिएको छ ।
आवेदन आउँदो जेठ १८ गतेसम्म दिन सकिने छ । आवेदन www.caanepal.gov.np भित्र online application form बाट अनलाइन दिन सकिने छ । आवेदन फारामसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपिहरू तथा समावेशी समुदायको हकमा स्थानीय तहको प्रमुखको सिफारिसपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
परीक्षा दस्तुर तह ९ र ८ को लागि १ हजार ६ सय, तह ७ र ६ को लागि १ हजार २ सय तथा तह ५ र ४ को लागि ६ सय रुपैयाँ लाग्ने छ भने समावेशी समूहमा दरखास्तको लागि प्रत्येक थप समूहको लागि सम्बन्धित तहको लागि तोकिएको दस्तुरको ५०% थप दस्तुर समेत बुझाउनु पर्नेछ । दस्तुर Online Recruitment System को कुनै एक Payment Gateway मार्फत भुक्तानी गर्न सकिनेछ । कर्मचारी छनोट लिखित परीक्षाबाट गरिने छ ।
सूचना तथा थप जानकारीका लागि : LINK