पडकास्टिङ् तालिमका लागि आवेदन आव्हान
सिएमआर नेपाल जर्नलिजम एकेडेमीले २ महिने निःशुल्क पडकास्टिङ् तालिमका लागि आवेदन आव्हान गरेको छ । एकेडेमीले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा सातै प्रदेशका २४ जना पत्रकारहरूका लागि काठमाडौंमा पडकास्टिङ् तालिम सञ्चालन गर्न लागेको हो ।
आवेदन बैशाख ३१ गतेसम्म दिन सकिने छ । कम्तीमा तीन वर्ष पत्रकारिताको अनुभव भएकाहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । दरखास्त https://docs.google.com/forms/d/e/1FAIpQLScqqPQ7ROL27Hqf5LTcSOuWnDj2i9WfYeUKnxqSGMJvCJfeXg/viewform बाट दिन सकिने छ । आवेदन फारामसँगै बायोडेटा तथा छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ । तालिममा छनौट भएका सहभागीलाई यातायात र आवासको व्यवस्था हुने एकेडेमीले बताएको छ ।
तालिम पडकास्टिङ् निर्माण, प्रकाशन/प्रसारण र प्रवर्द्धनसम्बन्धी सीपमूलक विषयहरूमा दिइने छ । तालिम दुई चरणमा नेपाली र अंग्रेजी भाषामा गरिने छ । आउँदो असार ३१ देखि साउन ५ र भदौ १७ देखि २२ भाषामा हुने छ भने भदौ ३१ देखि असोज ५ र कार्तिक १९ देखि २४ नेपाली भाषा हुने छ
थप जानकारीका लागि [email protected] मा इमेल गरेर वा www.bit.ly/JA_podcast2023 मा गएर बुझ्न सकिनेछ ।