राष्ट्रिय ​​​​​​​ समाचार समिति र भक्तपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर

जीविको २०८० वैशाख २२ गते १६:०३

राष्ट्रिय ​​​​​​​समाचार समिति (रासस) ले बिभिन्न पदमा कर्मचारीको आवेदन आव्हान गरेको छ । राससले आ.प्र., खुला तथा समावेशी प्रतियोगिताबाट वरिष्ठ समाचारदाता / कार्यकारी सम्पादक, सह समाचारदाता/सह-सम्पादक (नेपाली), उप-समाचारदाता / उप-सम्पादक (नेपाली), कम्प्युटर अधिकृत, वरिष्ठ समाचार सहायक, समाचार सहायक लगायतका पदमा गरेर १४ जना कर्मचारीको लागि आवेदन माग गरेको हो । 

आवेदन आउँदो जेठ ११ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म बुझाउन सकिने छ । दरखास्त फाराम www.rssnepal.org.np/publication बाट डाउनलोड गरी भर्न सकिने छ । आवेदन फारामसँगै शैक्षिक योग्यता, तालिम, अनुभव,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो तथा समावेशी समुदायको हकमा स्थानीय तहको प्रमुखको सिफारिसपत्र पेस गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  

परीक्षा दस्तुर तह ६, ७, र ९ को लागि १ हजार २ सय लाग्ने छ भने तह ४ र ५ को लागि ६ सय रुपैयाँ लाग्ने छ । दस्तुर समितिको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर  १४३०१००००२४७४००१ मा जम्मा गर्नु पर्ने हुन्छ । कर्मचारी छनोट लिखित, प्रयोगात्मक. सूचना प्रविधि कम्प्युटरबाट गरिने छ ।         

सूचना तथा थप जानकारी : LINK 

त्यस्तै, भक्तपुर क्यान्सर अस्पतालले बिभिन्न पदमा ६ महिनाको लागि करार कर्मचारीको आवेदन आव्हान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजी, मेडिकल फिजिसिष्ट, मेडिकल अफिसर, रेडियोग्राफी, टेक्नोलजिस्ट, शाखा अधिकृत, लेखापाल , ल्याब असिस्टेन्ट,  लगायतका पदमा १० जना कर्मचारीको माग गरेको हो ।

आवेदन जेठ ४ गतेसम्म दिन सकिने छ । आवेदन दस्तुर तह ९ को लागि १ हजार २ सय, तह ८ को लागि १ हजार, तह ७ को लागि ८ सय, तह ६ को लागि ६ सय र तह ४ र ५ को लागि ४ सय रुपैयाँ लाग्ने छ । कर्मचारी छनोट लिखित तथा अन्तर्वार्ताबाट गरिने सूचनामा उल्लेख गरिएको छ ।  

हेर्नुहोस् सूचना    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *