नमूना संयुक्त राष्ट्रसंघ कार्यक्रममा सहभागि हुने अवसर

जीविको २०८० वैशाख २२ गते ११:३०

यहि जेठ २७ देखि ३० (10th-13th June 2023) गतेसम्म काठमाण्डौमा सञ्चालन हुन गईरहेको National Youth Council Model United Nation 2023 ( NYCMUN- 2023 ) मा सहभागीताका लागि आवेदन बुझाउन राष्ट्रिय युवा परिषद्ले आव्हान गरेको छ । 

कम्तीमा कक्षा १२ उत्तीर्ण भएका १६ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिने सक्ने आयोजकले जनाएको छ । योग्यताको मापदण्डमा अंग्रेजी भाषामा दखल भएको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गर्ने शैली, कूटनीतिक मर्यादा, प्रस्तुतिकरण कला तथा युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा यस कार्यक्रम फलदायी हुने राष्ट्रिय युवा परिषद्का शाखा अधिकृत तथा नमूना संयुक्त राष्ट्रसंघ कार्यक्रमका सम्पर्क प्रतिनिधि अशोक पराजुली बताउँछन् । अशोक भन्छन्, “कार्यक्रमका सहभागीले संयुक्त राष्ट्रसंघीय महासभा र त्यसअन्तर्गत रहेका विभिन्न समितिले गर्ने कामका बारेमा अभ्यास गर्दै सिक्ने मौका पाउने छन् । युवाहरूलाई दिगो विकास लगायतका वर्तमान समयका महत्वपूर्ण विषयमा विभिन्न देशका कूटनीतिक प्रतिनिधिको भूमिका गर्दै उनीहरूलाई नै संयुक्त राष्ट्रसंघीय महासभाको संरचनामा प्रस्तुत गर्ने अवसर दिइने छ”

राष्ट्रिय युवा परिषद्को वेबसाइटमा राखिएको गुगल फर्म २०८० वैशाख ३० गतेसम्म भरेर आवेदन दिन सकिने छ । गुगल फर्ममा आवेदकले भरेको विवरणका आधारमा प्रथम चरणको छनौट गरिने र प्रथम चरणको छनौटमा सफल आवेदकलाई अन्तर्वार्तामा सामेल गरिने राष्ट्रिय युवा परिषद्ले जनाएको छ । परिषद्का अनुसार अन्तर्वार्तामा सफल आवेदकहरूले National Youth Council Model United Nation 2023 ( NYCMUN-2023 ) मा सहभागी हुन पाउने छन् ।

निम्न व्यक्तिहरूलाई सम्पर्क गरेर थप जानकारी पाउन सकिन्छ:

अशोक पराजुली, शाखा अधिकृत मो नं. ९८६१९९९३०१

हेमकुमार पौडेल, मो नं. ९८१८५०३७६१

इशिका पन्त, मो नं. ९८६२२६४९८०

हेर्नुहोस्, आधिकारिक सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *