भेनस हस्पिटलले माग्यो ३७ कर्मचारी
जीविको
२०८० वैशाख १७ गते १५:१४
भेनस हस्पिटल बानेश्वर काठमाडौँले बिभिन्न पदमा ३७ कर्मचारीको आवेदन आव्हान गरेको छ । हस्पिटलले Accountant, D. Pharma, Ophthalmic Assistant, Receptionist, Marketing, Canteen Cook, वेटर, माली लगायतका पदको लागि कर्मचारी माग गरेको हो ।
आवेदन बैशाख ३० गतेसम्म दिन सकिने छ । दरखास्त फारामसँगै हस्तलिखित निवेदन, नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । साथै १, २, ३, ४, ५, ६ नम्बरको पदको लागि Basic Computer अनिवार्य रहेको छ । कर्मचारी छनोट अन्तर्वार्ताबाट गरिने छ ।
थप जानकारीका लागि ०१-४४७५१२०,४४९०२५५ मा सम्पर्क गर्न सकिन्छ, भने [email protected] मा इमेल गरेर पनि बुझ्न सकिने छ ।
हेर्नुहोस् सूचना
जीविको
२०८० वैशाख १७ गते १५:१४
प्रतिक्रिया
सम्बन्धित