मिथिला बिहारी नगरपालिकाले माग्यो ५३ कर्मचारी
मिथिला बिहारी नगरपालिका तारापट्टी धनुषाले बिभिन्न पदमा कर्मचारीको माग गरेको छ । नगरपालिकाले रोजगार सहायक, प्राविधिक सहायक, उद्यम विकास सहजकर्ता, नगर प्रहरी, सवारी चालक, वन अधिकृत, अमिन, दृष्टि विशेषज्ञ लगायतका पदमा गरी ५३ जना करार कर्मचारीको माग गरेको हो ।
आवेदन बैशाख २५ गतेसम्म दिन सकिने छ । आवेदन फाराम www.mithilabiharimun.gov.np बाट डाउनलोड गरी भर्न सकिने छ । दरखास्त फारामसँगै नागरिकताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, अनुभव खुल्ने आवश्यक कागजातहरू, शैक्षिक योग्यताको लब्धांक प्रमाणपत्र / ट्रान्सक्रिप्ट, तालिमको प्रमाण पत्र, २ प्रति पासपोर्ट साईजको फोटो बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन मिथिला बिहारी नगरपालिकाको प्रशासन शाखामा बुझाउनु पर्ने छ ।
दरखास्त दस्तुर तह ४ को लागि ७ सय, तह ५ को लागि १ हजार, तह ६ को १ हजार २ सय रुपैयाँ लाग्ने छ । दस्तुर नगरपालिकाको नेपाल इन्भेष्टमेन्ट मेगा बैकमा रहेको खाता नम्बर २९४०१४००००००८६ मा बुझाउनु पर्नेछ ।
नगर प्रहरी सहायक र इन्चार्जको हकमा शारीरिक जाँच र अन्तरवार्ता ( पुरुषको हकमा उचाइ ५ फिट २ इन्च, छाति सामान्य ३१ इन्च फूलाउदै ३३ इन्च, | तौल ५० किलो तथा महिलाको हकमा उचाइ ५ फिट, तौल ४२ किलो ) भएकाले आवेदन दिन सक्ने छन् ।
हेर्नुहोस् सूचना : LINK