नेपाली सेनामा ४ हजार ५ सय सैन्य कर्मचारीको माग
नेपाली सेनाले सैन्य पदको लागि ४ हजार ५ सय जना कर्मचारीको आवेदन आव्हान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी माग गरेको हो । जसमा खुला तर्फ २ हजार ३ सय ५१ , महिला ३ सय ९० , आदिवासी जनजाति ६ सय १७, मधेशी ५ सय ४०, दलित २ सय ८७ पिछडिएको क्षेत्र ९० र सैनिक तालिम वा कर्तव्य पूरा गर्दा शारीरिक चोटपटक लागि अशक्त भएका र मृत्यु भएका सैनिकका सन्तानको हकमा २ सय २५ जना कर्मचारीको माग गरिएको छ ।
आवेदन आउँदो जेठ ७ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म दिन सकिनेछ । आवेदन www.nepalarmy.mil.np बाट अनलाइन भर्न सकिनेछ ।
आवेदन फारमसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, तथा पारिवारिक विवरण, पासपोर्ट साइजको फोटो ४ प्रति फोटो अप्लोड गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त फारम १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले भर्न सक्नेछन् । पुरूषको उचाइ ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट भएकाले आवेदन दिन सक्ने छन् ।
दरखास्त दस्तुर १ सय ५० रुपैयाँ लाग्नेछ भने प्रत्येक समावेशी समूहका लागि २० प्रतिशतले थप दस्तुर लाग्नेछ ।
थप जानकारीका लागि www.vacancy.nepalarmy.mail.np भित्र vacancy and requirements मा बुझ्न सकिनेछ ।
हेर्नुहोस् सूचना : LINK