गण्डकी प्रदेशमा १ सय जना स्थायी कर्मचारी माग

जीविको २०८० वैशाख ६ गते १२:५२

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, सहायक तेस्रो तह, वन रक्षक पदको लागि आवेदन आव्हान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट १ सय जना स्थायी कर्मचारीको माग गरेको हो ।  

आवेदन बैशाख १६ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर आउँदो जेठ २ गतेसम्म दिन सकिने छ ।  दरखास्त www.onlineppsc.gandaki.gov.np बाट अनलाइन दिन सकिन्छ । कर्मचारी छनोट शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तर्वार्ता मार्फत गरिने छ । शारीरिक तन्दुरुस्ती शारीरिक परीक्षण, दौड, रूख चढ्ने र पौडी परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरू मात्र लिखित परीक्षामा सहभागी हुन पाउने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

थप जानकारीका लागि ०६१-४६७८७३ मा सम्पर्क गर्न सकिने छ भने www.ppsc.gandaki.gov.np , [email protected] मा गएर बुझ्न सकिने छ । 

हेर्नुहोस् सूचना  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *