‘क’ वर्गको बैंकमा रोजगारीको अवसर, ५० भन्दा बढि कर्मचारीको माग
नेपालका ‘क’ बर्गका वाणिज्य बैंक मध्येको एक प्राईम कमर्सियल बैंकले ५० भन्दा बढि संख्यामा विभिन्न पदका लागि काठमाडौं लगायत अन्य जिल्लामा कर्मचारी माग गरेको छ । बैंकले बिजनेश डेभपलपमेन्ट, ब्रान्च म्यानेजर, वातावरण र सामाजिक जोखिम व्यवस्थापन (ESRM) अधिकृत, कानूनी अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, रिलेसनसिप म्यानेजर/अधिकृत, गोल्ड लोन सुपरभाइजर/ सहायक लगायतका पदमा आवेदन माग गरेको हो ।
त्यस्तै म्यानेजमेन्ट ट्रेनी, डिजिटल बैंकिङ सफ्टवेयर डेभलपर, कानूनी सहायक, प्रशिक्षार्थी सहायक (ट्रेनी असिस्टेन्ट) पदमा पनि बैंकले आवेदन खुलाएको छ । आवेदन बैशाख ७ गतेसम्म बुझाउन सकिने छ ।
आवेदन दिनका लागि:
www.rolling nexus.com/PCBL बाट अनलाइन आवेदन बुझाउनु पर्ने हुन्छ ।
अद्यावधिक गरिएको सीभी (Updated CV including name of two references) मा दुई जना रिफ्रेन्सको नाम, आफूले आवेदन दिएको पद खुलाएर लेखिएको आवेदन पत्र, नागरिकता प्रमाणपत्र (प्रतिलिपि), भर्खरको राहदानी साइजको फोटो र शैक्षिक प्रमाणपत्रहरू (प्रतिलिपि) बुझाउनु पर्ने हुन्छ ।
छनोटमा परेका उम्मेदवारहरूलाई मात्र बैंकको नियम अनुसार थप छनोट प्रक्रियाका लागि बोलाइने बैंकले जनाएको छ ।