कृषि सहकारी केन्द्रीय संघ र व्यास नगरपालिकामा रोजगारीको अवसर
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले बिभिन्न पदमा करार कर्मचारी मागको आव्हान गरेको छ । संघले बरिष्ठ कार्यक्रम प्रबन्धक, तालिम प्रमुख, कार्यक्रम अधिकृत, बीमा अधिकृत, लेखा सहायक, जे.टि (प्रा.) लगायतका ७ पदका लागि ८ जना कर्मचारी माग गरेको हो ।
आवेदन आउँदो बैशाख ४ गतेसम्म दिन सकिने छ । आवेदन फारमसँगै व्यक्तिगत विवरण (वायो डाटा), नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाण पत्रका प्रतिलिपिहरू र २ प्रति पासपोर्ट साइजको फोटो संलग्न गरी संघको कार्यालयमा वा [email protected] मा इमेल गरेर बुझाउन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त दस्तुर दफा १ देखि ५ सम्म १ हजार ५ सय, दफा ६ र ७ को लागि १ हजार रुपैयाँ लाग्ने छ । दस्तुर संघको हिमालयन बैंकमा रहेको खाता नम्बर ०२७०२६८०५३००१९ मा बुझाउनु पर्ने छ । कर्मचारी छनोट लिखित तथा अन्तर्वार्ताबाट गरिने छ ।
हेर्नुहोस् सूचना
त्यस्तै, व्यास नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दमौली, तनहुँले १० जना सहजकर्ताको आवेदन माग गरेको छ । नगरपालिकाले करार सेवामा किसान सूचिकरण तथा परिचय पत्र उपलब्ध गराउनको लागि सहजकर्ताको आवेदन आव्हान गरेको हो ।
आवेदन बैशाख ३ गतेसम्म दिन सकिने छ । आवेदन फाराम नगरपालिकाको कृषि विकास उपशाखामा पाइन्छ भने सोही स्थानमा बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन फारामसँगै नागरिकताको प्रतिलिपि र हालको ठेगाना खुल्ने प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको फोटो ३ प्रति बुझाउनु पर्ने छ ।
दरखास्त कृषि तथा पशु विज्ञान विषयमा कम्तिमा जे.टि./जे.टि.ए वा सो सरह उत्तीर्ण गरेका, आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान भएको र इन्टरनेट चलाउन सक्ने एन्ड्रोइड र मोबाइल, ट्याबलेट वा ल्यापटप साथमा भई चलाउन जान्नेले दिन सक्ने नगरपालिकाले बताएको छ । स्थानीय र कृषि सम्बन्धी सर्भे लिएकालाई प्राथमिकता दिइने छ । कर्मचारी छनोट अन्तर्वार्ताबाट गरिने छ ।
थप जानकारीका लागि ०६५-५६३१६२५६३१६३ मा सम्पर्क गर्न सकिन्छ भने [email protected] मा इमेल गरेर वा www.vyasmun.gov मा गएर बुझ्न सकिन्छ ।
हेर्नुहोस् सूचना