नेपाली सेना तथा बीमा संस्थानमा रोजगारीको अवसर
नेपाली सेनाले बिभिन्न पदमा गरी १ सय ३७ कर्मचारीको आवेदन माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, प्राड/प्राविधिक/हवाई/ एयर ट्राफिक कन्ट्रोलर लगायत विभिन्न ३० पदका लागि आवेदन आव्हान गरेको हो ।
आवेदन बैशाख २३ गतेसम्म दिन सकिने छ । आवेदन फाराम www.nepalarmy.mil.np बाट डाउनलोड गरी भर्न सकिने छ, भने भरेको फारम प्रिन्ट गरेर स्वयम् नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदन फारमसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, तथा पारिवारिक विवरण बुझाउनु पर्ने छ ।
दरखास्त फारम १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले भर्न सक्नेछन् । पुरूषको उचाइ ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट भएकाले आवेदन दिन सक्ने छन् । आवेदन शुल्क १ हजार रुपैयाँ लाग्नेछ ।
थप जानकारीका लागि www.vacancy.nepalarmy.mil.np भित्र vacancy and requirements मा गएर हेर्न सकिन्छ भने, ०१४२६९५० मा सम्पर्क गर्न सकिने छ ।
सूचना : LINK
त्यस्तै, राष्ट्रिय बीमा संस्थान काठमाडौँले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । संस्थानले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि सहायक व्यवस्थापक र सहायक पदका लागि आवेदन आव्हान गरेको हो ।
आवेदन आउँदो बैशाख २३ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर बैशाख ३० गतेसम्म दिन सकिनेछ । साथै संस्थानले आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिको लागि तथा कार्यसम्पादन मूल्याङ्कन बढुवाको दरखास्त आवेदन पनि आव्हान गरेको छ ।
दरखास्त फारम www.rbs.gov.np बाट डाउनलोड गरि भर्न सकिनेछ । आवेदन फारमसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा समावेशी समुदायको हकमा स्थानीय तहको प्रमुखको सिफारिस पत्र पेस गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।
आवेदन शुल्क तह ६ का लागि ८ सय रुपैयाँ, तह ४ का लागि ५ सय रुपैयाँ लाग्नेछ । दरखास्त दस्तुर संस्थानको कृषि विकास बैङ्कमा रहेको खाता नम्बर ०१००२००००२८६८०१२ मा जम्मा गर्न सकिनेछ ।
सूचनाका लागि : LINK