काठमाडौं महानगरपालिका र पूर्वाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर

जीविको २०७९ चैत २० गते १२:१०

काठमाडौं महानगरपालिका, काठमाडौँले करारमा ५१ जना कार्यालय सहयोगीको माग गरेको छ । 

आवेदन आउँदो बैशाख १९ गरेसम्म दिन सकिने छ, भने दोब्बर दस्तुर तिरेर बैशाख  २६ गतेसम्म  दिन सकिने छ । आवेदन  www.kathmandu.gov.np  मा रहेको ‘कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्नेछ । आवेदन दिँदा पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, दस कक्षा (Test or Sent up) उत्तीर्ण भएको लब्धाङ्क पत्र, आवेदकको व्यक्तिगत विवरण (CV) र दस्तुर बुझाएको भौचरको Scan Copy अपलोड ग र्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

दरखास्त दस्तुर ५ सय रुपैयाँ लाग्ने छ । दस्तुर महानगरपालिकाको एन.आई.सी. एसिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४० मा जम्मा गर्नु पर्ने छ । कर्मचारी छनोट अन्तर्वार्ताबाट गरिने छ । आवेदकको कार्य अनुभव सम्बन्धी पत्र वा प्रमाण सरकारी कार्यालयहरू, संस्थानहरू, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभवलाई मात्र मूल्याङ्कनमा समावेश गरिनेछ । यस्तो कार्य अनुभव अधिकतम ५ वर्षसम्म मात्र समावेश हुने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।  

सूचना तथा थप जानकारीको लागि : LINK   

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय गोठगाउँ, मोरङ्गले बिभिन्न पदका लागि २८ कर्मचारीको आवेदन आव्हान गरेको छ । विश्वविद्यालयले सह-प्राध्यापक तथा उप-प्राध्यापक पदका लागि कर्मचारी माग गरेको हो । 

आवेदन बैशाख ३ गतेसम्म दिन सकिने छ । आवेदन फाराम www.pufomas.edu.np बाट डाउनलोड गरी भर्न सकिने छ । आवेदन फारामसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि, २ (दुई) प्रति पासपोर्ट साइज फोटो पेश गर्नु पर्ने छ । 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *