लुम्बिनी सांस्कृतिक नगरपालिका र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा रोजगारीको अवसर   

जीविको २०७९ चैत १९ गते १२:४८

लुम्बिनी सांस्कृतिक नगरपालिका नगर कार्यपालिकाको कार्यालय लुम्बिनी, रूपन्देहीले बिभिन्न पदको लागि करार कर्मचारीको माग गरेको छ । नगरपालिकाले अनमि, अमिन, हेबी सवारी चालक, हलुका सवारी चालक र कार्यालय सहयोगी पदको लागि २१ जना कर्मचारीको माग गरेको हो । 

आवेदन चैत्र २७ गतेसम्म दिन सकिने छ । दरखास्त फारम www.lumbinisanskritikmun.gov.np बाट डाउनलोड गरी भर्न सकिने छ । आवेदन फारामसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि, अनुभव तथा तालिमका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि, सम्बन्धित व्यावसायिक परिषदमा दर्ता / अद्यावधिक भएको प्रमाणपत्र र सवारी चालकको हकमा सवारी चालक अनुमति पत्र पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । 

परीक्षा दस्तुर अनमी चौथो, अमिन चौथो र अहेब चौथो तहको लागि ५ सय रुपैयाँ लाग्ने छ भने हेबी सवारी चालक, हलुका सवारी चालक र कार्यालय सहयोगी पदको लागि ४ सय रुपैयाँ लाग्ने छ ।  

हेर्नुहोस् सूचना

त्यस्तै, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सरकार पोखरा, कास्कीले बिभिन्न पदका लागि स्वास्थ्य कर्मचारीको माग गरेको छ । मन्त्रालयले नेफ्रोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, रेडियोग्राफर, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन पदको लागि ३४ जना करार कर्मचारीको माग गरेको हो ।    

आवेदन बैशाख ३ गतेसम्म दिन सकिने छ । दरखास्त फाराम www.mohp.gandaki.gov.np    बाट डाउनलोड गरी भर्न सकिने छ । आवेदन फारामसँगै व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू, म्याद कायम रहेको / नवीकरण गरिएको सम्बन्धित काउन्सिलको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभव र तालिम सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  दरखास्त दस्तुर नबौं तहको लागि  १२ सय, आठौं तहको लागि १ हजार र पाचौँ तहको लागि ५ सय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ । दस्तुर नगर पालिकाको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०००१००२०००१०००० र नेपाल बैंक लिमिटेडको खाता नम्बर २७३०२०००००१००१०००००१ मा जम्मा गर्न सकिने छ ।     

कर्मचारीको छनोट अन्तर्वार्ताबाट गरिने छ भने छनोट भएका कर्मचारीले सङ्क्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा काम गर्नु पर्ने मन्त्रालयले बताएको छ ।   

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *