स्थायी रोजगारीको अवसर: ११ हजार ५ सय ९७ शिक्षक माग
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाबाट कर्मचारीको माग गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नको लागि सातै प्रदेशमा गरी ११ हजार ५ सय ९७ कर्मचारीको आव्हान गरेको हो ।
आवेदन बैशाख ८ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर बुझाई बैशाख १५ गतेसम्म दिन सकिने छ । दरखास्त www.online.tsc.gov.np बाट अनलाइन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । आवेदन फारामसँगै नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, न्यूनतम योग्यताको लब्धाङ्कपत्र, तालिमको प्रमाणपत्र, समकक्षता प्रमाणपत्र तथा समावेशी समुदायको हकमा सम्बन्धित निकायबाट प्रदान गरिएको सिफारिस पत्र Scan गरी अनलाइन दरखास्त प्रणालीले निर्दिष्ट गरेको स्थानमा jpeg/jpg format (बढीमा 200 KB) मा upload गर्नुपर्नेछ ।
दरखास्त दस्तुर ५ सय रुपैयाँ लाग्ने छ भने समावेशी समुदायको लागि ४ सय रुपैयाँ थप बुझाउनु पर्ने छ । कर्मचारी छनोट लिखित तथा अन्तर्वार्ताबाट गरिने छ ।
सूचना तथा थप जानकारीको लागि : LINK