अवसर : युवा परिषद् बागमतीमा १ सय २४ स्वयंसेवक माग

जीविको २०७९ चैत १ गते १३:४०

युवा परिषद् बागमती प्रदेशले विभिन्न क्षेत्रको लागि स्वयंसेवकको माग गरेको छ । परिषद्ले कृषि, पशु, शिक्षा तथा स्वास्थ्य क्षेत्रको लागि १  सय २४ युवा  स्वयंसेवकको माग गरेको हो ।        

आवेदन चैत्र २४ गतेसम्म दिन सकिने छ । दरखास्त फाराम www.pyc.bagamati.gov.np  बाट डाउनलोड गरेर अनलाइन भर्न सकिने छ । आवेदन फारामसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न पर्नेछ    

कृषि तथा पशु क्षेत्रको लागि  टी. एस एल सी तथा १८\२९ महिने तालिम प्राप्त गरेको, शिक्षा क्षेत्रको लागि गणित र विज्ञान विषयमा स्नातक उत्तीर्ण वा सो सरह उत्तीर्ण, नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको र स्वास्थ्य क्षेत्रको लागि अनमी उत्तीर्ण भई ल्याब असिस्टेन्ट उत्तीर्ण भएकाले आवेदन दिनसक्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

थप जानकारीको लागि ९८५५०१९२०७ मा सम्पर्क गर्न सकिने छ ।     

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *