सुदूरपश्चिम विश्वविद्यालय तथा हेल्भेटास नेपालले खुलाएको रोजगारीको अवसर
सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । विश्वविद्यालयले सहायक प्रशासक (सूचना प्रविधि ), सहायक प्रशासक (सहायक लाइब्रेरियन), ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ), ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङ, असिस्टेन्ट ( प्रशासन र लेखा ) पदमा ६ जना कर्मचारीको माग गरेको हो ।
त्यस्तै विश्वविद्यालयले विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान र व्यवस्थापन विषयमा २५ जना उपप्राध्यापक पनि माग गरेको छ । उपप्राध्यापक खुला र महिला समावेशी प्रतियोगिताबाट छनोट गरिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।
आवेदन चैत्र ३० गतेसम्म दिन सकिने छ, भने दोब्बर दस्तुर तिरी बैशाख ७ गतेसम्म दिन सकिने छ । आवेदन www.servicecomission.fwu.edu.np बाट अनलाइन दिन सकिने छ ।
सूचना : LINK
हेल्भेटास नेपाल बखुन्डोल, ललितपुरले TVET कार्यक्रमको लागि सातै प्रदेशमा कर्मचारीको आव्हान गरेको छ । हेल्भेटासले निजी क्षेत्र संलग्नता विशेषज्ञ (Private Sector Engagement Specialist ), सञ्चालन प्रबन्धक ( Operation Manager ) ,प्रदेश प्रबन्धक ( Province Manager ) प्राविधिक संयोजक- TVET ( Technical Coordinator-TVET), प्राविधिक संयोजक M$E , प्राविधिक अधिकारी-TVET, फिल्ड मनिटर ,र वित्त तथा प्रशासनिक अधिकारी ( Finance and Administrative Officer ), सवारी चालक र कार्यालय सहायक पदमा गरी ३७ कर्मचारीको माग गरेको हो ।
आवेदन चैत्र ९ गतेसम्म दिन सकिने छ । आवेदन फारामसँगै नागरिकताको फोटोकपी र व्यक्तिगत विवरण (बायोडाटा) सामेल गरी हेल्भेटास कार्यालय, पो.ब. न. ६८८ मा वा [email protected] मा इमेल गरेर बुझाउन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
कर्मचारी छनोट अन्तरवार्ताबाट गरिने छ । महिला, दलित, जनजाति, मधेशी / तराई, अन्य अल्पसंख्यक समुदायलाई विशेष प्राथमिकतामा राखिने हेल्भेटासले बताएको छ । कर्मचारीको कार्य अवधि १५ जुलाई २०२५( २०८२ साल असार ३०) सम्म हुने छ ।
सूचना तथा थप जानकारीका लागि http://apply.helvetas.org.np मा बुझ्न सकिने छ ।