अवसरः विदेशमा रहेका नेपालीहरूका लागि ३ कम्पनीले खुलाए आइपिओ, यसरी दिनुहोस् आवेदन
जीविको
२०७९ फागुन २८ गते १७:३८
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भनेर विभिन्न ३ कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुलाएका छन् । यसअघि नेपाल धितोपत्र वोर्डले संगठित संस्थाहरूले प्राथमिक सेयर(आइपिओ) निष्कासन गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि अनिवार्य १० प्रतिशत आरक्षण दिनुपर्ने नियम अनुरूप यी कम्पनीहरूले आइपिओ निष्कासन गरेका हुन् ।
यसरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सेयरका लागि अनलाइन विधि (मेरो सेयर) एपबाट आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई पछिल्लो ६ महिनामा आफू रोजगार रहेको मुलुकबाट ५० हजार नेपाली रूपैयाँ जम्मा गरेका साथै डिम्याट खाता र मेरो सेयर लिइसकेकाले आइपिओका लागि आवेदन दिन सक्नेछन् ।
आइपिओ भर्ने सम्पूर्ण प्रक्रियाबारे बुझ्नका लागि : LINK
जीविको
२०७९ फागुन २८ गते १७:३८
प्रतिक्रिया
सम्बन्धित